मालदा। एउटी नाबालिकाको हत्या मामिलाले मालदामा जनताले लगातार विरोध प्रदर्शन गरिरहेका छन्, सडक र पुलिस स्टेशनमा घेराबन्दी जारी छ। एउटी नाबालिकाको हत्यालाई लिएर बिहीबार बिहानैदेखि मालदाको इङ्गलिसबजार सहर उतप्त बनेको छ। मृत्यु भएकी बालिकाका परिवार र छिमेकीले इङ्गलिसबजार शहरको फोयरा चोक, रथबारी क्षेत्र संलग्न राष्ट्रिय राजमार्ग ३४ अवरुद्ध गरेका छन्। यता सो घटनामा पुलिसले सोनु केसरी नामक युवकलाई पक्राउ गरेको बताएको छ। पुलिसले जनाए अनुसार, बुधबार राति इङ्गलिसबजारस्थित बजारको एकान्त क्षेत्रमा कक्षा पाँचमा अध्ययनरत एक छात्राको घाँटी काटिएको अवस्थामा शव फेला परेको थियो। यसपछि नै दोषीलाई फाँसी दिनुपर्ने माग राख्दै पूरै इङ्गलिसबजार सहरमा विरोध प्रदर्शन जारी रहेका छन् भने स्थिति तनावपूर्ण बनेको छ।