पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको घर ‘उप कारागार’ घोषित

IMG-20240201-WA0192.jpg

इस्लामावाद: भ्रष्टाचारको आरोपमा बुधबार आफ्ना श्रीमानसँगै १४ वर्षको कारावास परेकी पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमती अधिकारीहरूले आफ्नो निवासलाई आधिकारिकरूपमा ‘उप कारागार’ घोषणा गरेपछि घरमै सजाय काटिरहेकी छिन्। मुस्लिम आस्था चिकित्सक बुशरा बिबीले आफ्ना श्रीमान् प्रधानमन्त्री हुँदा प्राप्त विदेशी उपहारहरूको बिक्रीसँग सम्बन्धित मुद्दामा सजाय सुनाइएपछि तुरुन्तै बुधबार स्वयंलाई अधिकारीहरू समक्ष सुम्पिएकी थिइन्l देशका गोपनीय कुराहरू लिक गरेकोमा मामलामा दोषी पाइएपछि मंगलबार १० वर्षको कारागार सजाय पाएका पूर्वप्रधानमन्त्री खान अहिले पनि मुद्दा चलाइएको रावलपिन्डको अडियाला कारागारमा छन्। पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा उनको कानूनी टिमले सेनाको नेतृत्वमा स्थापित संस्थाले उनलाई आउँदो साताको चुनावमा सत्तामा फर्किनबाट रोक्नका लागि सजाय र असंख्य अन्य आरोप लगाएको बताएका छन्।
उनकी श्रीमती बिबीलाई अडियाला कारागारबाट इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको उनको घरमा स्थानान्तरण गरिएको बुधबार राति सरकारले बताएको छ। ‘मुख्य आयुक्त, इस्लामाबाद क्यापिटल टेरिटोरीका दोषी श्रीमती बुशरा बिबीको निवासलाई ३१ जनवरी सन् २०२४ देखि अर्को आदेश नभएसम्मका लागि उप-कारागारका रूपमा घोषणा गर्न पाउँदा खुशी हुनुहुन्छ’, आदेशमा भनिएको छ। अग्लो कङ्क्रिटको पर्खालले घेरिएको ठूलो परिसरमा रहेको खानको घर राजधानीको आलिशान बानी गाला क्षेत्रमा छ। पहिला नै धाँधलीको आरोप लागिसकेको पाकिस्तानमा ७ फरवरीमा मतदान हुँदैछ। चुनावमा इमरान खानलाई उम्मेदवारी दिन रोक लगाइएको छ, र उनको पाकिस्तान तेहरिक-ए-इन्साफ (पिटिआई) माथि ठूलो कारबाही गरिएको छ।
गत वर्ष इमरान खानको पहिलो पक्राउपछि दङ्गा भड्किएपछि हजारौँ समर्थकलाई हिरासतमा लिइएको थियो, र तीमध्ये करिब एक सय जनाले गुप्त सैन्य अदालतमा मुद्दाको प्रतीक्षा गरिरहेका थिए। बिबीले इमरान खानसँग सन् २०१८ मा विवाह गरेकी हुन्। अक्सफोर्डबाट शिक्षा लिएका इमरान खानले आफ्नो क्रिकेट खेल्ने दिनहरूमा प्लेब्वाइका रूपमा ख्याति कमाएका थिए। प्राय समाजका सुन्दरी र मोडेलहरूसँग उनको फोटो खिचिन्थ्यो। ब्रिटिश करोडपतिकी छोरी जेमिमा गोल्डस्मिथसँग उनको पहिलो विवाह सम्बन्धविच्छेदमा टुङ्गिएको छ। त्यसपछि उनले टेलिभिजन पत्रकार रेहम नैय्यरसँग विवाह गरे। एक वर्षभित्र सम्बन्धविच्छेद भएपछि नैय्यरले ‘किस-एन्ड-टेल’ संस्मरण प्रकाशित गरेका थिए। तेस्री श्रीमती बिबी सार्वजनिकरूपमा कमै देखिन्छिन् र बाहिर निस्कँदा अनुहार ढाक्ने हिजाब लगाउँछिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *