पोस्टमास्टरमाथि लाग्यो भ्रष्टाचारको आरोप

IMG-20240201-WA0172.jpg

कोचबिहार। कोचबिहारको गुडियाहाटी ग्राम पञ्चायतको २ नम्बर कलेरघाट रोडस्थित‌ गुडियाहाटी पोस्ट अफिसमा ग्राहकहरूले जम्मा गरेको पैसा हिनामिना भएको आरोप उठेको छ। यसप्रति जनतामा व्यापक आक्रोश छाएको छ। पोस्टमास्टरविरुद्ध यसको उजुरी परेको छ भने घटनाले सम्पूर्ण क्षेत्रमा तनाउ फैलिएको छ। लामो समयदेखि उक्त पोस्ट अफिसमा धेरै स्थानीयवासीले नियमित पैसा जम्मा गर्दै आईरहेको थियो। जमा गरिएको मूलधनबाट ठूलो रकम हराएकोले जमाकर्ताहरु आक्रोशित बनेका छन्।‌ धेरै ग्राहकहरुले उक्त पोस्ट अफिसबाट पैसा निकाल्न जाँदा उनीहरुको खातामा जम्मा भएको भन्दा धेरै पैसा कम भएको र खाताबाट पैसा हराइरहेको पाएर खैलाबैला मच्चिन पुगेको थियो। यो कुरा खुल्ने बित्तिकै सो पोस्ट अफिसका ग्राहकहरुले एक एक गरी सबै खाताको ब्यालेन्स चेक गर्दा धेरै खाताबाट पैसा हराएको थाहा पाए। खाताबाट करिब २० लाख रुपियाँ भन्दा अधिक रकम हराएको बताइएको छ। यता घटना सार्वजनिक भएपछि उच्च अधिकारीले पोस्टमास्टरविरुद्ध अनुसन्धान थालेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *