नेपालमा व्यवसायी अरुण चौधरी पक्राउ

IMG-20240201-WA0185.jpg

काठमाडौं: नेपालका चर्चित व्यवासायी अरुण चौधरीलाई नेपाल पुलिसको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। सरकारी स्वामित्वको उद्योग बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी सरकारी जग्गा मिचेको आरोपमा अरूण चौधरीलाई पक्राउ गरिएको हो। सीआइबीले उनलाई लैनचौरबाट पक्राउ गरेर आफ्नो मुख्यालय लगेको समाचार छ। बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा नियमविपरीत गएर निजी बनाएको विषयमा छानबिन गर्न उनलाई पक्राउ गरिएको पुलिस स्रोतले जानकारी दिएको छ। अरुण चौधरी सीजी होल्डिङ्सका चेयरम्यान हुन्। उता अजितनारायण बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष थिए।

About Author

Advertisement