आजदेखि शुरु भयो सरोज गुप्ता क्यान्सर सेन्टर एण्ड रिसर्च इन्स्टिच्युटको आयोजनामा अन्तर्राष्ट्रिय कार्यशाला

IMG-20240201-WA0142.jpg

कोलकाता: कोलकाताको ठाकुरपुकुर स्थित सरोज गुप्ता क्यान्सर सेन्टर एण्ड रिसर्च इन्स्टिच्युले आफ्नो ५०औँ वार्षिक कार्यक्रमको अवसरमा आज (१ फरवरी)देखि अन्तर्राष्ट्रिय कार्यशाला शुरु भएको छl निजी अडिटोरियममा आजदेखि शुरु भएको यो कार्यशाला ४ फरवरीसम्म आयोजना हुनेछ। ‘प्रेसिजन रेडियोथेरापीमा गुणस्तर आश्वासन’ शीर्षकको यो ह्यान्ड्स-अन प्रशिक्षण कार्यशालाले मेडिकल फिजिक्स र क्यान्सर अनुसन्धानको प्रगतिमा योगदान पुर्यारउने बताइएको छl विश्वभरका धेरै प्रतिष्ठित प्रोफेसरहरू साथै विशेषज्ञ प्रशिक्षकहरू, जसमा प्रो डा. गोलाम अबु जकरिया (कोलोन, जर्मनी), डा. विप्लव सरकार (अपोलो क्यान्सर, कोलकाता), डा. गणेश (भारत), डा. राजुश्रीवास्तव (बेल्जियम), कार्लोस बोहोर्केज (संयुक्त राज्य अमेरिका), डा. फ्लोरियन क्याम्प (जर्मनी), क्रकुसजेल्च र के. कानकावेल सबैले यस कार्यक्रमको लागि प्रशिक्षकको रूपमा सहभागी छन्l यस कार्यशालामा बंगलादेश, नेपाल, भुटान, श्रीलंकालगायत विभिन्न देशका सबै मेडिकल फिजिसिस्टका ५० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएको इन्स्टिच्युटको तर्फबाट बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *