चोटले गर्दा स्पिनर ज्याक लीच दोस्रो टेस्टबाट बाहिर

IMG-20240201-WA0148.jpg

विशाखापट्टनम, १ फरवरीः भारत विरुद्ध दोस्रो क्रिकेट टेस्ट म्याचअघि ईंग्ल्याण्डको टीमलाई ठूलो धक्का लागेको छ कारण देब्रे हातका अनुभवी स्पिनर ज्याक लीच चोटले गर्दा टीमबाट बाहिर भएका छन्। ईंग्ल्याण्डको टीम म्यानेजमेण्टलाई लीचको चोट निको हुने अनि शुक्रवारदेखि विशाखापट्टनममा शुरु हुने टेस्टको निम्ति उपलब्ध रहने आशा रहेको थियो तर कप्तान बेन स्टोक्सले ३२ वर्षीय स्पिनर शत प्रतिशत फिट नरहेको खुलासा गरेका छन्। ईंग्ल्याण्डका कप्तान स्टोक्सले एउटा बयानमा भनेका छन्, लीच दोस्रो टेस्टबाट बाहिर भएका छन्। दुर्भाग्यजनक तरिकाले उनको खुट्टामा हेमेटोमा भएको छ अनि उनले दोस्रो टेस्टमा हिस्सा लिन सक्नेछैनन्। यो हाम्रो निम्ति मात्र नभएर ज्याकको निम्ति निराशाजनक खबर हो। ढाड़को चोटले गर्दा लामो समयसम्म खेलदेखि बाहिर रहेर मैदानमा फर्किन साथ फेरि यसरी चोट लाग्दा उनी निराश छन्। हामीले प्रत्येक दिन उनको चोटको अपडेट लिइरहेका छौं। मेडिकल टीमले उनको उपचार गरिरहेको छ। हामीलाई उनी सीरीजका अन्य म्याचहरूका निम्ति उपलब्ध रहने आशा रहेको छ।
ईंग्ल्याण्डले दोस्रो टेस्ट म्याचको निम्ति आफ्नो एकादशलाई अहिलेसम्म अन्तिम रूप दिएको छैन अनि युवा अनक्याप्ड अफ् स्पिनर शोएब बशीर अहिले लीचको स्थान लिने होड़मा अघि छन्। स्टोक्सले बताएअनुसार, बशीरलाई दोस्रो टेस्ट म्याचको निम्ति साथी स्पिनर रेहान अहमद र टम हार्टलेको साथ टीममा चयन गरिए उनले पदार्पण म्याचमा असल प्रदर्शन गर्ने विश्वास छ। ईंग्ल्याण्डका कप्तानले भने, यस यात्रामा खेल्ने मौका पाए बशीरलाई नै फाइदा हुनेछ कारण उनीसँग गुमाउने केही पनि छैन। म उनलाई यस खेलमा सर्वश्रेष्ठ मौका दिन चाहन्छु। तपाईंले आफ्नो करियरको पहिलो टेस्ट एकपल्ट मात्र खेल्नु हुन्छ अनि उनले त्यस अवसरलाई यादगार बनाएको म हेर्न चाहन्छु। उनले खेल्ने मौका पाए म सम्पूर्ण अनुभवलाई आनन्ददायक र यादगार बनाउने प्रयास गर्नेछु। स्टोक्सले अझ भने, म, बाज ( प्रशिक्षक ब्रेण्डन म्याककुलम) र पोली (उपकप्तान ओली पोप) शायद यसबारे लामो समयसम्म सोच्नेछौं। हामीले म्याच खेलिने विकेट हेरिसकेका छौं। हामी पीचको मिजासलाई आकलन गरेर प्रथम एकादशको चयन गर्नेछौं।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *