लगातार तेस्रो साल एसीसी अध्यक्ष बने जय शाह

IMG-20240201-WA0144.jpg

मुम्बई, १ फरवरीः एशियाई क्रिकेट परिषद (एसीसी)-को अध्यक्षको रूपमा जय शाहको कार्यकाल सर्वसम्मतिद्वारा अझ एक सालको निम्ति बढ़ाइयो। एसीसी-को वार्षिक आम बैठकमा जय शाहको कार्यकाल विस्तारको प्रस्ताव श्रीलंका क्रिकेट (एसएलसी)-का अध्यक्ष शम्मी सिल्वाले दोस्रोपल्ट गरे अनि नामांकनलाई एसीसी-का सबै सदस्यहरूले सर्वसम्मतिद्वारा समर्थन गरे। शाहले जनवरी २०२१-मा बंग्लादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनपछि एसीसी अध्यक्षको पद सम्हालेका थिए। अहिले उनी एसीसी अध्यक्षको रूपमा फेरि नियुक्त हुने सबैभन्दा कम्ती उमेरका प्रशासक बनेका छन्। शाहको नेतृत्वमा एसीसी-ले पूरा एशियाई क्षेत्रमा क्रिकेटलाई फैलाउने अनि विकसित गर्ने कार्यमा महत्त्वपूर्ण प्रगति गरेको छ। विशेषगरी एसीसी-ले २०२२-मा टी२० प्रारूप अनि २०२३-मा वनडे प्रारूपमा एशिया कपको सफलतापूर्वक आयोजन गऱ्यो। शम्मी सिल्वाले बताएअनुसार, एसीसी-लाई पूरा एशियाई क्षेत्रमा क्रिकेट खेललाई प्रोत्साहन प्रदान गर्ने अनि विकसित गर्ने महत्त्वपूर्ण प्रगतिको दिशामा लैजानमा जय शाहले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
शाहको मार्गदर्शनमा एसीसी-ले बंग्लादेश, भारत, पाकिस्तान र श्रीलंका जस्ता क्रिकेट महाशक्तिहरूमा नयाँ प्रतिभाहरूलाई अघि ल्याउने अनि उनीहरूलाई प्रोत्साहन प्रदान गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्यो। ओमान क्रिकेटका अध्यक्ष तथा एसीसी उपाध्यक्ष पंकज खिमजीले भने, मैले लामो समयदेखि जय शाहसँग मिलेर काम गरेको छु। उनी सदस्य बोर्डहरूबीच सहयोगात्मक भावनालाई प्रोत्साहित गर्नमा मात्र सफल नभएर उनको मार्गदर्शनमा एसीसी-को वित्तीय र वाणिज्यिक स्थिति पनि मजबूत भएको छ। बंग्लादेश क्रिकेट बोर्डका अध्यक्ष तथा एसीसी-का कार्यकारी बोर्ड सदस्य नजमुल हसनले पनि शाहको पुनर्नियुक्तिको स्वागत गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *