सर्वश्रेष्ठ पेरिस्कोप टेलिफोटोको साथ रियलमी (Realme) १२प्रो ५जी सीरीज भारतमा लञ्च

IMG-20240201-WA0113.jpg

काेलकाता: रियलमीले रियलमी १२प्रो ५जी(5G) र रियलमी १२प्रो प्लस ५जी नामक दुईवटा नयाँ स्मार्टफोन लञ्च गरेको छ। कम्पनीले यी दुवै फोनमा सुन्दर तस्वीरहरू खिच्न अनि भीडियो शूट गर्न सोनी आईएमएक्स८८२ र सोनी आईएमएक्स ८९० क्यामेरा सेन्सर प्रयोग गरेको छ। रियलमी १२प्रो प्लसमा कम्पनीले ६४एमपी टेलिफोटो लेन्स प्रदान गरेको छ, जसले ३एक्स जुम सपोर्ट गर्दछ। रियलमी १२प्रो मा ५०एमपी क्यामेरा सेटअप दिइएको छ। यी दुई फोनहरू बारेमा हामी तपाईंहरूले केही जानकारी दिइरहेका छौंः
रियलमी १२प्रो ५जी का विशेषताहरूः
यस फोनमा ६.७ इञ्च फुल एचडी+ एमोलेड कर्व्ड डिस्प्ले रहेको छ, जुन १२० हर्ट्ज रिफ्रेस रेटको साथ आउँछ। फोनको पछाड़ि ५० एमपी सोनी आईएमएक्स ८९० क्यामेरा सेन्सर प्रदान गरिएको छ। यसबाहेक फोनमा ५०००एमएएच ब्याट्री छ, जुन ६७वाट फास्ट चार्जिंग सपोर्टको साथ आउँछ। यस फोनमा एण्ड्रोइड १४ मा आधारित अपरेटिङ सिस्टम प्रयोग गरिएको छ।
दोस्रो फोनको पछाड़ि पहिलो क्यामेरा ५०एमपी र दोस्रो ब्याक क्यामेरा ३२एमपी सोनी आईएमएक्स७०९ सेन्सरको साथ आउँछ। यस बाहेक यस फोनमा ८एमपी क्यामेरा सेन्सर पनि दिइएको छ।
यस फोनको पहिलो मोडल ८जीबी ऱ्याम र १२८जीबी स्टोरेजको साथ आउँछ, जसको मूल्य २५,९९९ रुपियाँ रहेको छ। यस फोनको दोस्रो मोडलमा ८जीबी ऱ्याम र २५६जीबी स्टोरेज रहेको छ, जसको मूल्य २६,९९९ रुपियाँ रहेको छ।
रियलमी १२प्रो प्लसका विशेषताहरूः
यस फोनमा ६.६७ इञ्चको एफएचढी(FHD)प्लस वाेलेड(OLED) डिस्प्ले छ, जसको रिफ्रेस रेट १२० हर्ट्ज छ। यस फोनमा प्रोसेसरको निम्ति क्वालकम स्न्यापड्रेगन ७ एस जेन २ चिपसेट प्रयोग गरिएको छ।
यस फोनमा ट्रिपल ब्याक क्यामेरा सेटअप छ, जसको पहिलो क्यामेरा ६४एमपी पेरिस्कोप लेन्सको साथ आउँछ जबकि दोस्रो क्यामेरा ५०एमपी र तेस्रो क्यामेरा ८एमपी क्यामेरा सेन्सरको साथ आउँछ। यसबाहेक यसमा ३२एमपी सेल्फी क्यामेरा पनि छ। यो फोन ५०००एमएएच ब्याट्री र ६७वाट फास्ट चार्जिंगसँग आउँछ।
यस फोनको पहिलो मोडल ८जीबी ऱ्याम र १२८जीबी स्टोरेजको साथ आउँछ, जसको मूल्य २९,९९९ रुपियाँ रहेको छ। फोनको दोस्रो मोडल ८जीबी ऱ्याम र २५६जीबी स्टोरेजको साथ आउँछ, जसको मूल्य ३१,९९९ रुपियाँ रहेको छ। फोनको तेस्रो मोडल १२जीबी ऱ्याम र २५६जीबी स्टोरेजको साथ आउँछ, जसको मूल्य ३३,९९९ रुपियाँ रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *