म्याच नखेली छैटौं स्थानमा पुगे कोहली

दुबई, ३१ जनवरीः भारतका स्टार ब्याटर विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को ताजा ऱ्यांकिंगमा म्याच नखेली पनि एक स्थानको फाइदा भएको छ जबकि भारत विरुद्ध पहिलो टेस्टमा जीतको नायक रहने ईंग्ल्याण्डका ब्याटर ओली पोप २० स्थानको जम्प लगाएर १५औं स्थानमा पुगेका छन्। हैदराबादमा खेलिएको पहिलो टेस्टमा १९६ रन बनाएपछि पोपलाई ब्याटरहरूका ताजा ऱ्यांकिंगमा फाइदा भएको छ अनि उनी सीधै १५औं स्थानमा पुगेका छन् । न्यूजील्याण्डका अनुभवी ब्याटर केन विलियम्सन अहिले पनि टेस्ट ब्याटरहरूका सूचीमा शीर्षमा कायम छन् । ईंग्ल्याण्ड विरुद्ध पहिलो दुईवटा टेस्टबाट नाम फिर्ता लिने कोहलीलाई नखेली पनि फाइदा भएको छ अनि उनी एक स्थान अघि बढ़ेर छैटौँ स्थानमा पुगेका छन्। यसरी
पाकिस्तानका बाबर आजम अहिले पाँचौं स्थानमा छन्। ताजा ऱ्यांकिंग अनुसार, अष्ट्रेलियाका ओपनिंग ब्याटर उस्मान ख्वाजा गाबामा वेष्ट इण्डिज विरुद्ध दोस्रो टेस्टको पहिलो ईनिंग्समा अर्द्धशतकको दममा दुई स्थान अघि बढ़ेर आठौं स्थानमा पुगेका छन् । ईंग्ल्याण्डका बेन डकेट पनि पाँच स्थान अघि बढ़ेर २२औं स्थानमा पुगेका छन्, जसले पहिलो टेस्टमा ३५ र ४७ रन बनाएका थिए।

About Author

Advertisement