दश दिनभित्र सत्तामा फर्किने दावी गरे सञ्जय सिंहले

IMG-20240131-WA0234.jpg

नयाँ दिल्ली, ३१ जनवरीः सरकारद्वारा निलम्बित भारतीय कुश्ती महासंघको नेतृत्व गरिरहेका सञ्जय सिंहले उनी सरकारलाई निलम्बन रद्द गर्न राजी गर्ने अनि १० दिनभित्र पदमा फर्किने दावी गरेका छन्। सञ्जय सिंहले बताए अनुसार, उनी पहलवान विनेश फोगाट र साक्षी मलिकसँग कुराकानी गर्नेछन् अनि विद्रोही पहलवानहरूका नालिशहरूको निवारण केवल अदालतमा होस् भन्ने सुनिश्चित गर्नेछन्। यसको साथमा उनले अहिले पूर्व अध्यक्ष बृजभूषण शरण सिंहको कुश्तीमा एक पैसा पनि नरहेको अनि उनी अहिले उत्तर प्रदेशमा आफ्नो एकाडमी चलाउन स्वतन्त्र रहेको दावी गरे। यस साल हुने पेरिस ओलम्पिकको निम्ति कस्तो योजना रहेको छ भन्ने प्रश्नको जवाफमा सञ्जयले भने, अहिले पनि दुईवटा ओलम्पिक कालीफाईंग प्रतियोगिता बाँकी छ । पुणे नेशनल्सका विजेताहरूलाई शिविरमा बोलाएर हामी परीक्षण गर्नेछौं अनि उनीहरूलाई क्वालीफायरमा पठाउनेछौं। मलाई अझ ४-५ जना पहलवानले कालीफाइ गर्ने आशा रहेको छ। अन्तिम पंघालले अगावै क्वालीफाई गरिसकेकी छन्। तदर्थ समिति र सरकारको मञ्जुरी जरूरी रहेको हुनाले काम कसरी गरिनेछ भन्ने प्रश्नको जवाफमा सञ्जय सिंहले भने, समितिको सबै फसेला गलत छ। उनीहरूका अस्तित्व नियमहरू विरुद्ध छ अनि उनीहरू महासंघको अनुमति बिना काम गरिरहेका छन्। एकपल्ट सत्ता सम्हालेपछि हामी खुशीको साथ पहलवानहरूलाई स्वागत गर्नेछौं।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *