आउँदो १२ र १३ फरवरीमा अनुसूचित जाति संस्कृति संरक्षण महोत्सव पालन गरिने

IMG-20240131-WA0240.jpg

गान्तोक: अखिल सिक्किम अनुसूचित जाति कल्याण सङ्घको तत्वावधानमा आगामी १२ र १३ फरवरीको दिन दोस्रो अनुसूचित जाति संस्कृति संरक्षण महोत्सव आयोजना गरिने भएको छ। पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत रानीपुल नजिक सरमसा गार्डनमा आयोजना हुने दुई दिवसीय महोत्सवको अन्तिम दिन मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथि रहनेछन्। आयोक सङ्गठनका पतिनिधिहरूले आज राजधानीमा पत्रकार सम्मेलन गरेर आगामी कार्यक्रमबारे जानकारी गराए।

अखिल सिक्किम अनुसूचित जाति कल्याण सङ्घका पूर्व अध्यक्ष तथा महोत्सव आयोजन समितिका अध्यक्ष शेखर सेवाले जानकारी गराएअनुसार अनुसूचित जाति समुदाय भित्रका तीनवटा जात कामी, दमाई र सार्कीको जातीय परम्परा र संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले गत वर्षदेखि अनुसूचित जाति संस्कृति संरक्षण महोत्सव शुरु गरिएको हो। गत वर्ष यो कार्यक्रम पश्चिम सिक्किमको गेजिङ बर्मेक समष्टिअन्तर्गत बर्मेकमा आयोजना गरिएको थियो। यस वर्ष यस महोत्सवलाई अझ भव्यतासित पालन गरिने सेवाको भनाइ रहेको छ। उनले बताएअनुसार यस दुई दिवसीय समारोहमा अनुसूचित जातिको परम्परा र संस्कृतिसित जुड़ेका विभिन्न वस्तु अनि पेशागत सामाग्रीहरूको प्रदर्शनी राखिने छ। यसको साथै स्थानीय कलाकारहरूको प्रस्तुती कनि कार्यक्रमको प्रमुख आकर्षण रहनेछ। अनुसूचित जाति समुदायको संस्कृति र परम्परालाई कसरी संरक्षण गर्ने भन्ने बारेमा सिक्किमलगायत वरपर क्षेत्रबाट जानकारहरूलाई निम्ताएर प्यानल डिस्कशन पनि गरिने सेवाले बताए। यसरी नै नेपाली समाजमा हराउँदै गएको मितेरी साइनोलाई पुनर्स्थापित गर्ने उद्देश्यले मितिरेसी साइनो कार्यक्रम पनि राखिएको उनले अझ जानकारी गराए। उनको भनाइअनुसार आगामी पुस्तालाई अनुसूचित जाति समुदायको परम्परा र संस्कृति बारे अवगत गराउनु यस दुई दिवसीय महोत्सवको प्रमुक उद्देश्य हो।

अखिल सिक्किम अनुसूचित जाति कल्याण सङ्घका अध्यक्ष विकास सुनामले राज्यभरिका सबै अनुसूचित जाति समुदायका सदस्यहरूलाई आगामी कार्यक्रममा उपस्थिति जनाएर यसलाई सफल बनाउने आह्वान गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *