२ फरवरीदेखि माध्यमिक परीक्षा: यसपाली खरसाङ क्षेत्रबाट ५३९ जना परीक्षार्थीहरू

IMG-20230528-WA0320-5-300x172-9

खरसाङ: आगामी २ फरवरीदेखि माध्यमिक परीक्षा शुरु भईरहेको छ। यसपाली खरसाङ क्षेत्रबाट माध्यमिक परीक्षा दिने परीक्षार्थीहरू जम्मा ५३९ जना रहेको र चारवटा परीक्षा केन्द्रहरू राखिएको जानकारी प्राप्त भएको छ। खरसाङको स्कूल सहायक निरीक्षक रोशनी सार्कीले दिएको जानकारी अनुसार यसपाली खरसाङ क्षेत्रबाट केटाहरू २६९ जना र केटीहरू २७० जना गरेर जम्मा ५३९ जनाले यसपालीको माध्यमिक परीक्षा दिईरहेका छन्। उनले बताए अनुसार यसपाली खरसाङमा चारवटा परीक्षा केन्द्रहरू रहेका छन् जसमा सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालय, पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय, रामकृष्ण उच्चत्तर माध्यमिक विद्यालय र सन्त जोसेफ उच्चत्तर माध्यमिक विद्यालय आदि रहेका छन्। यसपालीको माध्यमिक परीक्षा २ फरवरीदेखि १५ फरवरीसम्म हुने भएको छ। माध्यमिक परीक्षा शुरू भएपछि परीक्षा केन्द्रको वरिपरि २ फरवरीदेखि १२ फरवरीसम्म बिहान ८ बजेदेखि ३ बजेसम्म १०० मीटरको दायराभित्र पाँचजनाभन्दा बेसी एकत्रित हुन निषेध गरिएको छ। त्यसरी नै परीक्षा केन्द्रको २०० मीटर वरिपरि बिहान 8 बजेदेखि ३ बजेसम्म जेरक्स मशीन र अन्य कपि गर्ने सामाग्रीहरू पनि बन्द गरिने भएको छ। यसको साथै लट्ठी र अन्य हतियारहरू बोक्न साथै माईक्रोफोन र लाउड स्पीकरहरू बोक्न मनाही गरिएको छ। माध्यमिक परीक्षा केन्द्र वरिपरि १४४ धारा लागु गरिने जानकारी खरसाङ महकुमा प्रशासनबाट प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *