माध्यमिक र उच्च माध्यमिक परीक्षार्थीहरूका लागि वन विभागले विशेष व्यवस्था गर्ने

IMG-20230528-WA0320-5-300x172-9

जलपाइगढी। माध्यमिक र उच्च माध्यमिकको परीक्षा केही दिनमै सुरु हुँदैछ। अधिकांश परीक्षार्थीहरू आफ्नो जीवनको पहिलो परीक्षा दिन सडक, भीड र सवारीसाधनको समस्याले पीडित हुँदै आईरहेको छ। उल्लेखनीय छ, जलपाइगढी बैकुन्ठपुर वन विभाग अन्तर्गत मनतादारी ग्राम पञ्चायतको महाराजघाट गाउँका परीक्षार्थी अर्जुनलाई हात्तीले ज्यान लिएको थियो । अर्जुनको ज्यान गएको बाटो बाक्लो रुखका हाँगाहरूले अवरुद्ध भएको छ भने अहिले त्यो बाटोमा कोही आउजाउ गर्दैनन्। यस्तो घटना दोहोरिन नदिन वन विभागले वन क्षेत्रका विद्यार्थीका लागि विशेष बस यातायातको व्यवस्था गर्ने वन विभागले जनाएको छ भने विभिन्न क्षेत्रमा वन विभागको कडा गस्ती जारी रहने बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *