लोकसभा चुनाउ एक्लै लडने: मुख्यमन्त्री ममता ब्यानर्जी

IMG-20240131-WA0181.jpg

मालदा: सरकारी कार्यक्रममा सहभागी बन्ने क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपा विरुद्ध एक्लै चुनाउ लडने दाबी गरेकी छन्। तृणमूलले मात्र भाजपालाई हराउन सक्ने बताउँदै चुनाउको मैदानमा एक्लै तृणमूल लडने बताइन्। मुख्यमन्त्रीले कंग्रेस विरुद्ध बोल्दै भनिन् मालदाको दुई आसनमा कंग्रेसले जीत हासिल गरे भने पनि जनताको लागि केही गर्न सक्तैनन्। कंग्रेसले २ भन्दा आसन चाहान्छ तर उनीहरुले केही गर्न नसक्ने बताइन्‌। ममताले बामपन्थी र भाजपा विरुद्ध पनि कटाक्ष गरिन्। तिनले बीएसएफ विरुद्ध पनि आईडी जारी गरेकोमा रोष प्रकट गर्दै आवश्यक परे कारवाही गर्ने बताइन्। तिनले एनआरसी विरुद्ध बोल्दै मतदाता सूचीमा सबैले नाम दर्ता गर्ने आह्वान गरि्न। बुधबार अपराह्न समय इङ्गलिस बजार सहरको जिल्ला खेल मैदानमा मुख्यमन्त्री ममता ब्यानर्जीले कंग्रेसले लामे समयदेखि सीपीएमसित गठबन्धन राखेर अन्तमा भाजपालाई नै मदत गरिरहेको आपोप लगाउँदै यसलाई कसैले स्वीकार नगर्ने आह्वान गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *