गुल्शन झा बंगलादेशसँग पनि चलेनन्

Screenshot_20240131_213522_Dailyhunt.jpg

काठमाडौं: आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले ब्याटिङमा संघर्ष गरिरहेको छ ।नेपालले ३७ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १२५ रन मात्र बनाएको छ। गुल्शन झा पाँचौ र दीपक बोहरा छैटौं विकेटका रुपमा व्यक्तिगत समान ३ रनमा आउट भए। दुवै जना शेख पवेज जिवोनको बलमा बोल्ड भएका छन्
राष्ट्रिय टोलीबाट समेत खेलिसकेका गुल्सनले जारी प्रतियोगितामा राम्रो गर्न सकेका छैनन् ।समूह चरणमा गुल्शनले न्युजिल्याण्डविरुद्ध २,पाकिस्तानविरुद्ध १८ र अफगानिस्तानविरुद्ध १ रन बनाएका थिए ।शुरूवाती ९ ओभरमै प्रमुख ब्याटर अर्जुन कुमालसहित तीन खेलाडी गुमाएको नेपालका लागि देव खनाल र विशाल विक्रम केसीले सम्हाल्ने प्रयास गरेका थिए।
तर देव खनाल व्यक्तिगत ३५ रनमा आउट भए। त्यसपछि आएका गुल्शन र दीपक बोहरा पनि आउट भएका हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *