मलेसियामा नयाँ राजाको शपथ ग्रहण

IMG-20240131-WA0230.jpg

मलेसियालाई नयाँ राजा प्राप्त भएको छ। मलेसियामा जोहर राज्यका शासक सुल्तान इब्राहिम इस्कन्दर राजा चयन भएका छन्। उनले यो पाँच वर्षसम्म सिंहासन सम्हाल्नेछन्। ६५ वर्षीय सुल्तानले बुधबार (३१ जनवरी)मा देशको १७औँ सुल्तानको रूपमा शपथ लिएl उनको शपथ ग्रहणसँग सम्बन्धित कार्यक्रम सरकारी टीभीमा प्रत्यक्ष प्रसारण गरिएको थियो। शपथ ग्रहण गर्नुअघि उनी निजी जेटबाट क्वालालम्पुर पुगेका थिए भने सामान्यतया उनी हरेक वर्ष मानिसलाई भेट्न मोटरसाइकलमा सडक यात्रा गर्छन्। सुल्तान इब्राहिम इस्कन्दर भन्दा पहिले, सन् १९८० को दशकको अन्तमा जोहोर राज्यबाट एक राजा थिए। त्यो बेला देशले धेरै संवैधानिक संकटको सामना गर्नुपरेको थियो, जसको कारण तत्कालीन प्रधानमन्त्री महाथिर मोहम्मद थिए। उनले नयाँ राजाको अधिकार घटाउने प्रयास गरे।
नयाँ राजा सुल्तान इब्राहिम पनि एक सफल व्यापारी हुन्। उनी चीनको समस्याग्रस्त विकासकर्ता कन्ट्री गार्डेनसँग जोहोरमा बहु-अरब डलरको फरेस्ट सिटी विकास परियोजनामा साझेदार छन्। अहिले निजी जेटबाहेक उनीसँग कार र बाइकको ठूलो कलेक्सन छ। विदेशमा उनको धेरै सम्पत्ति छ। यति मात्र होइन, सुल्तान इब्राहिमको आफ्नै सेना पनि छ, र यस्तो सेना भएको उनी एक मात्र शासक हुन्। सुल्तान इब्राहिमकी पत्नीको नाम जरिथ सोफिया हो। उनी शाही परिवारकी हुन्। अक्सफोर्डमा पढेकी सोफिया पेसाले लेखिका हुन्। उनले बालबालिकाका लागि धेरै किताब पनि लेखेकी छिन्। सुल्तान र सोफियाका पाँच छोरा र एक छोरी छन्, जबकि सुल्तान इब्राहिमकी आमा अंग्रेजी मूलकी हुन्। हालै सञ्चारमाध्यमसँगको कुराकानीमा उनले सिंगापुरसँगको हाईस्पीड रेल परियोजना पुनः शुरु गर्ने र संकटग्रस्त फरेस्ट सिटी आयोजनालाई प्रवद्र्धन गर्ने योजना रहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *