राज्यपाल आचार्यले केन्द्रिय डोनर मन्त्री रेड्डीसॅंग भेट गरे

n57914867617067165188483956231ceafa4dc839fdb2949fe066a4afd184491356e8dcfaef85d907074746.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज नयॉं दिल्लीमा डोनर मन्त्रालयका मन्त्री जी. किशन रेड्डीसॅंग भेट गरे। यस भेट अवधि विशेषगरि सिक्किममा हालैमा आएको प्राकृतिक आपदाले पुऱ्याएको हानिमाथि चर्चा भएको राजभवनले प्रेस विज्ञप्तिमा जनाएको छ।

राज्यपालले केन्द्रिय मन्त्रीलाई बाढ प्रभावित क्षेत्रहरू विशेष रूपमा डिक्चु र छेउछाउका क्षेत्रहरूमा सांस्कृतिक धरोहरहरूलाई भएको हानिको बारेमा अवगत गराए, जुन स्थानीय मानिसहरूसॅंग भावनात्मक रूपले जोडिएका छन्। राज्यपालले केन्द्रिय मन्त्री समक्ष क्षतिग्रस्त प्रमुख स्थलहरूको पुनः बिहालीको आवश्यकतामाथि बल दिए।

विज्ञप्तिमा जनाइए अनुसार, राज्यपालले बाढ क्षतिग्रस्त क्षेत्रहरूको भ्रमणको क्रममा डिक्चु र छेउछाउका क्षेत्रहरूको भ्रमण गरेको थियो र क्षयक्षतिको बारेमा जानकारी लिएको थियो। यहॉं स्थानीय शिव मन्दिरलाई क्षति पुऱ्याएको थाहा पाएका थिए जुन मानिसहरूको आस्थासॅंग जोडिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement