गेजिङ जिल्लाका बीएलओहरूलाई लिएर प्रशिक्षण कार्यक्रम सम्पन्न

गेजिङ: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई ध्यानमा राख्दै गेजिङ जिल्लाका बुथ लेवल अधिकारीहरूलाई लिएर एक दिवसीय प्रशिक्षण कार्यक्रम जिल्ला पञ्चायत भवनमा सम्पन्न भयो। यस प्रशिक्षण कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य चुनाउ सम्वन्धि बीएलओ अधिकारीहरूलाई महत्वपूर्ण सूचना प्रदान गरिनु रहेको थियो।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल एम भरानी कुमारले बीएलओ भनेको प्रजातन्त्रको सेना रहेको र चुनाउको समयमा उनीहरूको महत्वपूर्ण कर्तव्य र कार्य प्रणालीबारे जानकारी गराए। उनले आम निर्वाचन २०२४ को तयारीमा अनुकरणीय प्रयास प्रतिपादन गरेकोमा बीएलओहरूको प्रशंसा गर्दै आगामी चुनाउलाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति उनले अझ प्रोत्साहित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement