अप्पर तादोङ निर्वाचन क्षेत्रमा सम्पन्न भयो एसकेएम पार्टीको समष्टिस्तरीय जनसभा

IMG-20240131-WA0237.jpg

पार्टीका कार्यकर्ताहरूले व्यक्ति नभएर पार्टीलाई अघि बढाउनु पर्छः विधायक गोले

गान्तोक: एसकेएम पार्टीको सांगठनिक एवम समष्ठीस्तरीय जनसभा आज अप्पर तादोङ निर्वाचन क्षेत्र अन्तर्गत लुम्सेस्थित फुड गोडाउनमा भव्यरूपमा पालन गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक अदित्य गोले रहेका थिए भने विशिष्ट अतिथिमा क्षेत्र विधायक जीटी ढुङ्गेल र संगठनका उपाध्यक्ष एवम प्रभारी पबित्र मानव लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै यस कार्यक्रमका मुख्य अतिथि विधायक अदित्य गोलेले आजको यस भेलाले यहाँका जनताले एसकेएम पार्टीको विधायकलाई जिताउने तय गरिसकेको प्रमाणित भएको बताए।राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले निरन्तर दिनभरि-रातभरि जनतासँग भेट गर्दै उनीहरूको समस्या र गुनासो सुनेको पनि अवगत गराए। जनता भेटको क्रममा धेरै जनाले मुख्यमन्त्रीसँग भेट गर्ने अवसर पाएको र ती मध्ये धेरै जनाको समस्या समाधान भएको पनि उनले किटान गरे। उनले थप जानकारी गराए अनुसार वर्ष २०१७ मा एसकेएम पार्टीका नेता पीएस गोले जेल गएपछि पार्टी धेरै कमजोर भएको महसुस गरेको जानकारी गराए। वर्तमान परिपेक्ष्यमा एसकेएम सरकारले किन जनकल्याण प्रकोष्ठ खोल्यो भन्दै विपक्षी दलका नेताहरूले प्रश्न गरिरहेका छन्, तर जन कल्याण प्रकोष्ठले राज्यको स्वास्थ्य विभागलाई अझ मजबुत बनाउने काम गरिरहेकोबारेमा विपक्षी दलका नेताहरूलाई अवगत नभएको पनि उनले बताए। विधायक ढुङ्गेलले व्यक्ति नभएर पार्टीलाई अघि बढाउने उद्देश्यले काम गरिरहेको जानकारी गराउँदै विधायक ढुङ्गेलले उदाहरणीय कार्य गरेको पनि अवगत गराए। पार्टीका कार्यकर्ताहरूले नेतालाई नभएर पार्टीलाई अघि लगाएर लैजानु पर्ने आग्रह गरे।

सोही क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै विधायक जीटी ढुङ्गेलले पुरानो नयाँ नभनी सबै एक भएर पार्टीको हितमा काम गर्नुपर्ने आग्रह गरे। पार्टीको एकतालाई कायम राख्नु पर्ने आग्रह गर्दै एक अर्कामा मनमुटाउ भएमा यसलाई पछि राखेर पार्टीको निम्ति काम गर्नुपर्ने सुझाउ दिए। यस निर्वाचन क्षेत्रमा क्याप,टोपी जे आवोस्, एसकेएम पार्टीलाई कुनै फरक नपर्ने जानकारी गराए। यस निर्वाचन क्षेत्रमा 40 वर्षमा पनि यति धेरै काम नभएको दावी गर्दै अझ एसकेएम पार्टीको सरकारलाई समय दिएमा यस भन्दा अधिक काम गरेर जनतालाई देखाउने बचन दिए। वर्तमान मुख्यमन्त्रीले दिनभरि गरेको काम नै अहिले सबै भन्दा ठूलो उदाहरण रहेको जानकारी गराए।समय अनुसार हामी सबै अघि बढनु पर्ने विधायक ढुङ्गेलले सबैलाई सुझाउ दिए। यस निर्वाचन क्षेत्रका जनता फुटेर होइन जुटेर अघि बढनुपर्ने आफ्नो सम्बोधनमा अपील गरे। जनताले पुन एसकेएम पार्टीलाई सरकारमा ल्याउने मन बनाईसकेको दावी गर्दै तादोङ समष्टिमा विकासका कार्यहरू धेरै भएको अवगत गराए। मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा वर्तमान सरकारले शहरी गरीब आवास जस्ता योजनाहरू शुरू गरेको जानकारी गराउँदै आफ्नो समष्टिमा पनि यो योजनाबाट धेरै जना लाभान्वित बनेको जानकारी गराए। यसैगरी उनले सडक कार्पेटिङ,फ्लाईओभर लगायत विविध विकासीय कार्यहरूको उल्लेख गरे। सरकारका अनेकौं सहुलियतहरू चाँडै नै वितरण गरिने जानकारी गराउँदै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई समर्थन गर्न क्षेत्रवासी जनतालाई आवहान गरे।

आफ्नो सम्बोधनको क्रममा संगठन उपाध्याक्ष प्रभारी पवित्र मानवले एसकेएम पार्टी गठनको उद्वेश्य र लक्ष्यबारे प्रकाश पार्दै पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा सञ्चालित एसकेएम पार्टीको जनमुखी कार्यहरूको उल्लेख गरे। एसकेएम पार्टीका कार्यकर्ताहरू पुर्णरूपले अनुशासित कार्यकर्ताहरू रहेको उल्लेख गर्दै सिक्किमको राजनीतीमा जनताको ठुलो योगदान रहेको बताउँदै जनता कै आशीर्वादले आज एसकेएम पार्टीले सकारात्मक राजनीती गरिरहेको बताए। सबै धर्म र जात जातिको परम्परा र संस्कारलाई बराबर अधिकार प्रदान गरिरहेको पनि उनले थप जानकारी गराए। सिक्किमेली जनताको एकताको प्रतिक कञ्चनजंगा रहेको उल्लेख गर्दै सिक्क्किम र सिक्किमेलीको हक अधिकार अक्षुण्ण राख्न मुख्यमन्त्रीले अथक रूपमा काम गरिरहेको बताए। प्रमाण बिनाको अरे र हरेको पछि लाग्न नहुने मन्त्व्य व्यक्त गर्दै यस्तो राजनीतीले निर्दोष जनता भिक्जिमाईज हुनसक्ने संकेत दिए। राजनीतिज्ञहरूले मतदानको मूल्य बुझ्नु पर्छ। राजनीतिमा धनी र गरीब हेर्नु हुँर्दैन्, र भोटको महत्व बुझेको हुनु पर्ने अवगत गराए।

यसै क्रममा नारीशक्तिकी अध्यक्ष कला राईले कार्यक्रमलाई सम्बोधन गर्दै नारीशक्तिकी अध्यक्ष कला राईले तादोङ निर्वाचन क्षेत्रका जनता भाग्यमानी हुन्, जसले जीटी ढुङ्गेल जस्तो विधायक पाएका छन्। आजको यस जनभेलाले अप्पर तादोङ निर्वाचन क्षेत्रबाट विपक्षी दल शून्य रहेको प्रमाणित भएको उनले बताइन्। यस निर्वाचन क्षेत्रमा विधायक ढुङ्गेलले धेरै विकासका कामहरू गरेको पनि उनले अवगत गराइन्। उनले थप जानकारी गराए अनुसार यस निर्वाचन क्षेत्रमा जस्तो विकास अप्पर बुर्तुक निर्वाचन क्षेत्रमा नभएको पनि उनले उल्लेख गरिन्। उक्त निर्वाचन क्षेत्रका विधायकले क्षेत्रको काम गर्न नसकेको राईले दावी गरेकी छन्।

आजको यस कार्यक्रममा गान्तोक नगर निगमका मेयर निल बहादुर छेत्री लगायत अन्यहरूले पनि सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *