जाेरहाट: राज्यका आहोम जनजातिको प्रमुख उत्सव मे-डाम-मे-फी दिवस बुधवार मनाइयो। ताई आहोम जनजातिका मानिसहरूले आज यस विशेष दिनमा आफ्ना पूर्खाहरूलाई स्मरण गर्छन्।
राज्यका अन्य भागहरू सहित जोरहाट जिल्ला अधिनस्थ टियकको होलोङ्गपारस्थित वीर लाचित मैदाममा पनि मे-डाम-मे फी उत्सव मनाइयो। मे-डाम-मे-फीको अवसरमा बुधवार बिहान वीर लाचित मैदाममा ताई आहोम समाजका मानिसहरूले आफ्नो रीति-थीति अनुसार पूजा-अर्चना गरी आफ्ना पूर्खाहरूलाई स्मरण गरे।
वास्तवमा होलोङ्गपारको उक्त लाचित बोरफुकन मैदाम परिसरमा असम सरकारले वीर लाचितका उपलब्धिहरूलाई वैश्विक स्तरमा पुऱ्याउने उद्देश्यले लगभग डेढ़ करोड़ रुपियाँको लागतमा लाचित परियोजनालाई क्रियान्वयन गरिरहेको छ जसान्तर्गत वीर लाचितको अग्लो प्रतिमा सहित प्रथम चरणको कार्य लगभग पूरा हुन लागेको छ। यसैले यसपालि लाचित मैदाम संरक्षण समितिले अध्यात्म रक्षाको उद्देश्यले मे-डाम-मे-फी मनाइरहेको छ।
साथै लाचित परियोजनाको निर्माणको लागि उठाइएको कदमको लागि सरकारलाई धन्यवाद दिँदै देशका प्रधानमन्त्रीबाट यो आशा राखिएको छ कि चाँड़ै अन्य रहल कार्यलाई पनि पूरा गर्नका लागि उनले मुख्यमन्त्रीलाई सहयोग गर्नेछन् ताकि परियोजनालाई मानिसहरूको लागि खोल्न सकियोस्। ज्ञातब्य रहोस्, आज राजधानी गुवाहाटी सहित राज्यका विभिन्न भागहरूमा पनि मे-डाम-मे-फी उत्सव पालन गरियो।