आईआईएमसीले पायो डिम्ड विश्वविद्यालयको दर्जा

IMG-20240131-WA0220.jpg

नयाँ दिल्ली: शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग (युजीसी)को सुझावमा पत्रकारिता र जन सञ्चारको प्रमुख संस्थान भारतीय जन सञ्चार संस्थान (आईआईएमसी)लाई विशिष्ट श्रेणीअन्तर्गत डिम्ड विश्वविद्यालयको रूपमा घोषणा गरेको छ। यो आईआईएमसी, नयाँ दिल्ली र जम्मू (जम्मू-कश्मीर), अमरावती (महाराष्ट्र), आइजोल (मिजोरम), कोट्टायम (केरला) र ढेंकनाल (ओडिशा)मा रहेको यसको पाँच क्षेत्रीय परिसरहरूमा पनि लागू हुनेछ। यस नयाँ दर्जाका साथ आईआईएमसी अब डाक्टरेटको डिग्रीसहित डिग्री प्रदान गर्नका लागि अधिकृत छ। –पीआईबी
विस्तृत अधिसूचना तल दिएको लिंकमा क्लिक गरेर हेर्न सकिन्छ:
https://iimc.gov.in/WriteReadData/userfiles/file/2024/Jan/Notification.pdf

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement