‘भक्षक’को वजनदार ट्रेलर रिलिज

IMG-20240131-WA0209.jpg

मुम्बई: ‘के तपाईं अझै पनि आफूलाई मानिस मान्नुहुन्छ? वा आफूलाई भक्षक ठान्नुभएको छ…?’ भूमि पेडनेकर यस्तै प्रश्न सोध्न आउँदैछिन्। हो, भुमिको नयाँ फिल्म ‘भक्षक’को एक वजनदार ट्रेलर रिलिज भएको छ, जसमा उनले फिल्ममा पत्रकारको भूमिका निर्वाह गरिरहेकी हुनाले यस्तै प्रश्न गरिरहेकी छिन्। फिल्ममा सञ्जय मिश्रा, साई ताम्हनकर र आदित्य श्रीवास्तवको पनि अभिनय रहेको छ। यो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ। भक्षकको ट्रेलरले एक पत्रकार (भूमि पेडनेकर)को कथा बताउँछ जसले बालगृहमा केटीहरू बलात्कृत भइरहेका थिए। यो फिल्म एउटा सत्य घटनामा आधारित छ, जसले मन, मस्तिष्कलाई झक्झक्याउँछ। यो सबै बंसी साहु (आदित्य श्रीवास्तव)को उक्साईमा हुन्छ। उनीसँग राजनीतिक शक्ति हुन्छ, पुलिस पनि उनको मुद्दामा हस्तक्षेप गर्न चाहँदैन। सबै उनीसँग जोडिएका छन्। त्यो ‘भक्षक’लाई भूमिले आखिर कसरी उदाङ्गो पार्छ? यो ९ फरवरीमा मात्र थाहा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement