रासनको आँटा लादिएको ट्रक पुलिसको नियन्त्रणमा

photocollage_2022520165749507.jpg

कालचिनीः कालचिनी थानाको पुलिसबलले आज लगभग १८ टन रासनको आँटा लादिएको ट्रकलाई कालचिनी निमती मोड़ क्षेत्रमा रोकेर जाँच गर्दा त्यसको कुनै वैद्य कागजपत्र नरहेकोले ट्रकलाई नियन्त्रणमा लिएर ट्रकको चालक कार्तिक नाइक अठियाबारी चियाबारी निवासीलाई प्रकाउ गरेको थियो भने सँगसँगै एउटा पिकअप भ्यानलाई पनि प्रायः ६० बोरा गहुँसितै नियन्त्रणमा लिएको जनाएका छन। पुलिस सुत्रले जनाएअनुसार ट्रकको चालक कार्तिक नाइक र पिकअप भ्यानको चालक सियाराम चीक बडाईकलाई आज अलिपुरद्वार जिल्ला अदालतमा पठाएको र रिमान्डमा ल्याइने छ। उक्त आँटा लादिएको ट्रक कालचिनीको कुनै रासन गोदामबाट मैनागढीतर्फ जानलाई निस्किएको थियो भने कुनै वैद्य कागजपत्र नरहेकोले पुलिसले नियन्त्रणमा लिएको जनाएका छन्।
यता उक्त घटना सम्बन्धमा पुलिसले कालचिनी खाद्य निरीक्षककहाँ सूचना दिँदा कालचिनी फूड सप्लाई विभागका अधिकारीले जफत गरिएको आँटाको नमुना लिएर गएको र यसलाई ल्याबमा जाँचको निम्ति पठाइने जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement