नियुक्ति भ्रष्टाचारः तृणमूल नेता निताई दत्तलाई ईडीले जाँचबुझको लागि फेरि बोलायो

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः प्रवर्तन निदेशालय (ईडी)-ले पश्चिम बंगालमा भएको करोड़ौं रुपियाँको कथित नगरपालिका भर्ती घोटालाको सम्बन्धमा जाँचबुझको लागि तृणमूल कंग्रेस नेता निताई दत्तलाई डाकेको छ। दत्ता, जो उत्तर २४ परगना जिल्लाको दक्षिण दमदम नगरपालिकाका उपाध्यक्ष पनि हुन्- लाई यसै सप्ताह ईडीको सल्ट लेकस्थित कार्यालयमा उपस्थित हुने आग्रह गरिएको छ। उक्त भ्रष्टाचारको मामिलामा दत्तासित जाँचबुझ गरिएको यो दोस्रो पटक हुनेछ।

यस मामिलामा यसअघि पनि गत वर्षको अक्टोबर महिनामा उनलाई ईडीका अधिकारीहरूले जाँचबुझ गरेका थिए। यसपूर्व यस मामिलामा ईडीका अधिकारीहरूले दत्ताको आवासमा छापा मारेर खानतलासी गर्दा राज्यका अग्निशमन सेवामन्त्री सुजित बोसले दाबी गरेका थिए, केन्द्रिय एजेन्सीले यस मामिलामा उनको नाम लिनको लागि दत्तामाथि चाप दिरहेको छ। दत्ता मन्त्रीका पूर्व निजी सहायक हुन्। गत वर्षको अक्टोबर महिनामा भएको छापामारी र तलासी अभियानमा ईडीका अधिकारीहरूले कथित रूपमा दत्ताको आवासबाट केही महत्वपूर्ण कागजपत्रहरू हात पारेका थिए।

ईडीको सूत्रले भन्यो, जफत गरिएका कागजपत्रहरूको जाँच गरिएपछि केन्द्रिय एजेन्सीका अधिकारीहरूले दत्तालाई दोस्रो पटक बोलाउने अनि उनीसित जाँचबुझ गर्ने आवश्यकता महसूस गरेका छन्। ईडीको अनुमान अनुसार राज्यभरि फैलिएको केही शहरी नागरिक निकायहरू जुन भर्ती अनियमितताको कारणले केन्द्रिय एजेन्सीको जाँचको घेराभित्र छन् तीमध्ये अधिकांश उत्तर २४ परगना जिल्लामा छन्।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *