राहुल गान्धीको भारत जोड़ो यात्रा कटिहारबाट पुश्चिम बंगाल प्रस्थान

IMG-20240129-WA0115.jpg

कटिहार: कांग्रेस नेता राहुल गान्धीको भारत जोड़ो न्याय यात्रा बुधवार बिहान कटिहार शहरी क्षेत्र हुँदै पश्चिम बंगालको मालदाको निम्ति निस्क्यो।

न्याय यात्रालाई लिएर जिल्लाको खेरिया, कोलासी, मिर्चाईबारी, शहीद चौक, डीएस कलेज रोड, प्राणपुरको लाभा (कटिहार र पश्चिम बंगाल सीमा) सम्म कुना कुनामा सुरक्षाकर्मी तैनात थिए। कटिहारको जुन रूट भएर राहुल गान्धीको न्याय यात्रा गयो, उनको सुरक्षालाई मध्यनजर राखेर मानिसहरूको आवागमनलाई डायवर्ट गरिएको थियो।

यात्राको क्रममा मीडिया कर्मी खड़ा थिए तर राहुल गान्धी मीडिया कर्मीहरूसित कुरै नगरी बंगालको लागि निस्के। भारत जोड़ो न्याय यात्रालाई लिएर कटिहारको कोढ़ाबाट पूर्व विधायक पूनम पासवानले भनिन्, राहुल गान्धीले देश र देशका जनतालाई आर्थिक, सामाजिक र राजनीतिक न्याय दिलाउने संकल्प लिएर यो यात्रा गरिरहेका छन्, यो यात्रा तबसम्म जारी रहनेछ जबसम्म देशले न्याय पाउँदैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *