अनुसूचित मोर्चाका सदस्यहरूले नौ बुँदे मागसहित जिल्लापाललाई बुझाए ज्ञापनपत्र

IMG-20240131-WA0185.jpg

कोचबिहार: भाजपाको कोचबिहार जिल्ला अनुसूचित मोर्चाका सदस्यहरूले नौ बुँदे मागहरूको बारेमा कोचबिहार जिल्लापालको कार्यालयमा ज्ञापनपत्र बुझाए। आजको यस कार्यक्रममा तुफानगञ्ज विधानसभा क्षेत्रका विधायक मालती राव राय र भाजपाका अन्य नेताहरू उपस्थित थिए। अनुसूचित मोर्चाको जुलुस भाजपाको पार्टी कार्यालयबाट जिल्ला अधिकारीको कार्यालयमा ज्ञापनपत्र बुझाउन जाँदा जिल्ला अधिकारीको कार्यालय अगाडि रोकिएको थियो। जुलुस रोक्न तनावको अवस्था सिर्जना भएको थियो। तृणमूल कांग्रेस सरकारले पश्चिम बंगालमा अनुसूचित जातिका नागरिकलाई अन्याय गरिरहेको उनीहरूले आरोप लगाएका छन्। उनीहरूको भनाइअनुसार, कोचबिहार जिल्ला अर्थात् उत्तर बंगालमा ५० प्रतिशतभन्दा बढी अनुसूचित जातिका नागरिक छन्। कयौं पटक अत्याचार गरिएको उनीहरूको आरोप छ। उनीहरूले पश्चिम बंगल सरकारले विकासको नाममा विभिन्न ठाउँमा विभिन्न गतिविधि गरेर अनुसूचित जातिको भावनामा ठेस पुर्याएको आरोप लगाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement