गंगा कटानबारे केन्द्र सरकार मौन बसेको मुख्यमन्त्री ममता ब्यानर्जीको आरोप

IMG-20240131-WA0204.jpg

मालादा: मालदा र मुर्शिदाबादमा जसरी गंगा कटान भइरहेको छ, त्यसमा केन्द्र सरकारले शुरुदेखि नै सहतोग नगरेको आरोप मुख्यमन्त्री ममता ब्यानर्जीले आरोप लगाएकी छिन्। आज (३१ जनवरी) मालदामा सरकारी सेवा वितरण कार्यक्रम उनले यस्तो आरोप लगाएकी हुन्l गंगाको कटानबारे मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘यो कटान रोक्न राज्य सरकारले हालसम्म १८६ करोड रुपियाँ काम गरेको छ। यस कार्यका लागि थप १०० करोड रुपियाँ विनियोजन गरिएको छ। तर केन्द्रको भाजपा सरकार मौन बसेको छl’ मालदाको माणिकचक र वैष्णवनगरमा गंगाको किनारमा कटान जारी रहेको उनले बताइन्। उनले बताएअनुसार, मुर्शिदाबादको शमशेरगञ्जमा पनि ठूलो क्षति भएको छ। ‘उक्त कटान रोक्न राज्य सरकारले १८६ करोड रुपियाँ खर्च गरेको छ। तर, केन्द्र सरकारको कुनै भूमिका छैन। हरेक वर्ष मनसुनमा धेरैले क्षति बेहोर्नु परेको छ। राज्य सरकारले भूमिहीनलाई पट्टामा दिएर आश्रय दिइरहेको छ। तर पनि केन्द्र सरकार मौन छl’ आज दिउँसो १२ बजे इङ्गलिस बजारस्थित जिल्ला खेलकुद संस्था मैदानमा आयोजित सरकारी सेवा कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जी सहभागी भएकी थिइन्। उनीसँगै मन्त्री अरुप विश्वास, बाबुल सुप्रिया, फिरहाद हाकिमलगायत पनि थिए। सरकारी सेवा वितरण समारोहमा भाग लिँदा, मुख्यमन्त्री ममता ब्यानर्जीले मालदा मुर्शिदाबादमा गंगा नदीको कटानको समस्यालाई लिएर केन्द्रको भाजपा सरकारको आलोचना गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *