एघाह्रौं शहीद गोल्ड कपमायुनाइटेड ब्रदर्स लगातार तेस्रोपल्ट च्याम्पियन

IMG-20240131-WA0195.jpg

खरसाङ, ३१ जनवरीः युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ महकुमा खेलकुद संघको आयोजनमा जारी शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको एघाह्रौं संस्करणमा कालेबुङको युनाइटेड ब्रदर्स फूटबल क्लब लगातार तेस्रोपल्ट च्याम्पियन भयो। चानमारी खेल मैदानमा बुधवार भएको टुर्नामेण्टको फाइनल म्याचमा युनाइटेड ब्रदर्सले सिलगढ़ीको कञ्चनजंघा फूटबल क्लब (केएफसी)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट रोशन राईले २४औं र बिक्की थापाले ५६औं मिनटमा गोल गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

संक्षिप्तमाः एघाह्रौं शहीद गोल्ड कप
च्याम्पियनः युनाइटेड ब्रदर्स
रनरअपः केएफसी
प्लेयर अव् द म्याचः बिक्की थापा (युनाइटेड ब्रदर्स)
बेस्ट गोलकीपरः योगेश लामा (युनाइटेड ब्रदर्स)
प्लेयर अव् द टुर्नामेण्टः सप्तक शेर्पा (युनाइटेड ब्रदर्स)
हाईएस्ट गोल स्कोररः पूजन सुब्बा (केएफसी)

फाईनल खेलमा सहयोग गर्ने सबै खेलकूद संघहरू र पत्रकारहरूलाई सम्बर्ध्दना जनाइएको छ। आजको फाईनल खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले विस्तृत रूपमा बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *