माध्यमिक परीक्षाको अवधिमा कोलकातामा ट्राफिक नियन्त्रण गरिने

IMG-20240131-WA0194.jpg

कोलकाता: माध्यमिक परीक्षा २ फरवरीदेखि हुँदैछ, र परीक्षार्थीहरूलाई कुनै पनि प्रकारको समस्या नहोस् भन्ने सुनिश्चित गर्न कोलकाता पुलिसले सवारीसाधनहरू नियन्त्रण गर्नेछ। २ फरवरीदेखि १२ फरवरीसम्म परीक्षाका दिनमा सवारी आवागमन नियन्त्रण गरिने छ। यस सम्बन्धमा कोलकाता पुलिसले एक सूचना जारी गरेको छ। परीक्षाका दिनहरूमा भांगर डिभिजन बाहेक कोलकाता पुलिसका सबै डिभिजनहरूमा बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म सबै मालवाहक सवारीसाधनको आवतजावतमा प्रतिबन्ध लगाइएको छ। तर, ग्यास सिलिन्डर, पेट्रोलियम, तेल, स्नेहक, अक्सिजन, दूध, औषधि, सब्जी/फलफूल आदि जस्ता अत्यावश्यक सवारीसाधनलाई बिहान ८ बजेसम्म चल्न दिइनेछ। यस बाहेक माध्यमिक परीक्षा केन्द्रको वरपरक क्षेत्रमा आवश्यकताअनुसार सवारीसाधनलाई ट्राफिक पुलिसले डाइभर्ट/नियन्त्रण/प्रतिबन्ध लगाउन सक्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *