नेपालको होम प्रजातिका २५ गाईकाे साथ ५ तस्कर पक्राउ

1500x900_1177049-jai-shah.jpg

काेकराझार: शिमुलटापु पुलिसलाई तस्करीको मामिलामा एउटा ठूलो सफलता हात लागेको छ। पुलिसले नेपालको होम प्रजातिका २५ वटा गाई फेला पार्नको साथै ५ जना तस्करहरूलाई पक्राउ गरेको छ।

पुलिस सूत्रले आज बताएकोछ, कोकराझार जिल्लान्तर्गत गोसाईगाउँ उपमण्डलको असम-पश्चिम बंगाल सीमा श्रीरामपुरमा बितेको राती गोसाईगाउँ उपमण्डल पुलिस अधिकारी हिरेन कुमार डेका र शिमुलटापु पुलिस थाना प्रभारी सञ्जय कुमार रायको नेतृत्वमा एक गुप्त सूचनाको आधारमा छापामारी गरियो। छापामारीको क्रममा नेपालको होम प्रजातिका २५ वटा गाईलाई १२ चक्के कन्टेनर (एनएल-०१एबी-१८२५)-बाट जफत गरियो।

पुलिस टीमले गाईहरूसितै कन्टेनरलाई पनि जफत गऱ्यो। यस मामिलामा पाँचजना पशु तस्करहरूलाई पक्राउ गरिएको छ। यी पशु तस्करहरूमा बरपेटा जिल्लाको रहिम खान, नरूल इस्लाम खान, सरिफुल इस्लाम र धुबरी जिल्लाको सापटग्राम पुलिस स्टेशन अन्तर्गत डेरिगेट गाउँ निवासी सरिफुल इस्लाम र महिदुल इस्लाम सामेल छन्।

तस्करहरूले बताए अनुसार यी पशुहरूलाई पश्चिम बंगालदेखि बरपेटाको बाघबार लगिँदैथ्यो पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गराएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *