उत्तराखण्ड: राधा रतूड़ी बनिन् पहिलाे महिला मुख्य सचिव

apara-makhaya-sacava-gaha-rathha-rataugdha_1703837033.jpeg

देहरादून: राधा रतूड़ी उत्तराखण्डको पहिलो महिला मुख्य सचिव हुनेछिन्। धामी सरकारले उनलाई मुख्य सचिव बनाएर मातृ शक्तिलाई ठूलो सम्मान दिएको छ। सचिव शैलेश बगोलीले नयाँ मुख्य सचिवलाई लिएर आदेश जारी गरेको छन्।लवर्तमान मुख्य सचिव एसएस सन्धूको सेवा आज समाप्त भइरहेछ।

धामी सरकारले १९८८ ब्याचका आईएएस अधिकारी एवं वर्तमानमा अपर मुख्य सचिव राधा रतूड़ीलाई राज्यको नयाँ मुख्य सचिव बनाउनमा मोहर लगाएको छ। उनले आज मुख्य सचिव सन्धूको सेवानिवृत्तिमा पदभार ग्रहण गर्नेछिन्। आईएएस राधा आफ्नो ३५ वर्षको कार्यकालमा धेरै अहम पदहरूमा रहेकी छऩ्।

छुट्टै राज्य बनेपछि राज्यको सर्वोच्च प्रशासनिक पदमा बस्ने उनी प्रथम महिला आईएएस अधिकारी हुन्। १९७३ ब्याचकी कआईपीएस अधिकारी कंचन चौधरी भट्टाचार्य वर्ष २००४ मा राज्यको प्रथम महिला डीजीपी बनेकी थिइन्। आईएएस राधा रतूड़ीका पति १९८७ ब्याचका आईपीएस अधिकारी अनिल रतूड़ी पनि डीजीपी रहिसकेका छन्। संयोगले राज्यमा पति- पत्नी दुवै प्रशासनिक र पुलिस सेवाको वरिष्ठतम पदमा असीन भइरहेको यो पहिलो अवसर हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *