अमेरिको राष्ट्रपति चुनावमा ‘ट्रम्प कार्ड’ बन्दै गायिका टेलर स्विफ्ट

IMG-20240131-WA0190.jpg

अमेरिकाको राष्ट्रपति चुनाव अन्य देशको भन्दा धेरै फरक छ। यहाँ जनताले आफ्नो अर्को राष्ट्रपतिले आउँदो चार वर्षमा अमेरिकाको लागि के गर्ने भन्ने कुरा मात्रै हेर्दैनन्। बरु राष्ट्रपतिको उम्मेदवारबारे सामाजिक सञ्जालमा जनताको के धारणा छ भन्ने पनि उनीहरूले हेर्छन्। डोनाल्ड ट्रम्प अमेरिकामा पुनः चुनाव लड्ने तयारीमा छन्। र्यावली र भाषणको राउण्ड जारी छ, तर उनलाई दोस्रो पटक राष्ट्रपति बन्न सजिलो हुन्छ के? ट्रम्प राष्ट्रपति बन्न सक्छन्?। यसका लागि अमेरिकी गायिका-गीतकार टेलर स्विफ्टले उनलाई साथ दिनु आवश्यक छ।
सन् २०१४ को अमेरिकी राष्टपति चुनावनलाई नजिकबाट नियालिरहेका विश्लेषकहरूले राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनमध्ये जसलाई समर्थन गरे पनि यी सुपरस्टारको राजनीतिक समर्थनले नोभेम्बरको चुनावलाई प्रभाव पार्नसक्ने विश्वास गर्छन्। टेलर स्विफ्ट अमेरिकामा ३५ वर्ष भन्दा कम उमेरका मानिसहरू माझ धेरै लोकप्रिय छिन्। अमेरिकी राष्ट्रपति चुनावको पर्यवेक्षण गर्ने सञ्चार सल्लाहकार जेम्स ह्यागर्टीले टेलर स्विफ्टको लोकप्रियताबारे आफ्नो धारणा राख्दै उनले अमेरिकाको सम्पूर्ण क्षेत्रको लोकप्रिय संस्कृति, खेलकुद र अर्थशास्त्रलाई प्रभावित गरेको बताएका छन्। सेलिब्रेटीहरू आफैं बलियो भएकाले चुनावमा सेलिब्रेटीको शक्ति बढेको छ। ह्यागर्टीले पनि सन्देशहरूले भरिएको संसारमा सेलिब्रेटी आवाजहरू साँच्चै प्रतिध्वनित हुनेमा जोड दिए। यस वर्षको अमेरिकी चुनावमा लगभग आठ मिलियन नयाँ मतदाताहरू हुनेछन्। त्यहाँ अनुमानित ४१ मिलियन जेन जेड मतदाताहरू हुनेछन्, जसमध्ये धेरै सेलिब्रेटीहरू र सोशल मिडियाबाट प्रभावित हुनेछन्। टेलर स्विफ्टलाई २०२३ को लागि टाइम म्यागजिनको ‘पर्सन अफ द इयर’ घोषित गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *