माध्यमिक परीक्षाको समयमा माइक भाडामा लिने काम बन्द रहने

IMG-20240131-WA0182.jpg

प्रशासनले जारी गऱ्यो निर्देशन

अलिपुरद्वार। पुलिस प्रशासनले अलिपुरद्वार जिल्लामा माध्यमिक परीक्षा सहज रूपमा सञ्चालन गर्न धेरै प्रयास गरिरहेको छ यसै क्रममा बुधबार अलिपुरद्वारका पुलिस अधीक्षक वाई रघुवंशीले एक पत्रकार सम्मेलन मार्फत‌ अलिपुरद्वार जिल्लामा ७० वटा परीक्षा केन्द्रहरू रहेको ती मध्ये, १७ वटा केन्द्रहरू अलिपुरद्वार शहरमा रहेको यसबाहेक १२ वटा केन्द्र फालाकाटामा र १२ वटा केन्द्र कुमारग्राममा रहेको जनाएका छन्। यसबाहेक अन्य ब्लकहरूमा पनि पहिला जस्तै परीक्षा केन्द्रहरू रहेको र यस पटक अलिपुरद्वारमा माध्यमिक परीक्षामा कुल २१,००० परीक्षार्थीहरू रहेका छन्। परीक्षार्थीलाई कुनै असुविधा नहोस् भनेर जिल्ला पुलिस प्रशासनले जिल्लामा १८ वटा हेल्प डेस्क सञ्चालनमा ल्याएको पुलिस अधीक्षकले जनाएका छन्। अलिपुरद्वार पुलिस अधीक्षक वाई. रघुवंशीले १०० नम्बर डायल गरेर आफ्नो असुविधाबारे जानकारी गराउन सक्ने जनाएका छन्। यसमा कुनै अप्ठ्यारो परेमा परीक्षार्थीले फोन गर्न सक्ने जनाएका छन्। अलिपुरद्वार माइक एसोसिएसनसँग पनि माध्यमिक परीक्षाको समयमा उनीहरूले माइक भाडामा लिन नसक्ने जनाएका छन्। अलिपुरद्वारमा धेरै वन बस्तीहरू रहेकोले परीक्षार्थीलाई परीक्षा केन्द्रमा पुग्ने व्यवस्था वन विभागले गर्न पनि बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement