कंग्रेसदेखि टाड़ै बस्ने सांसदहरूलाई ममताकाे विशेष निर्देश

thumb_6505.jpg

काेलकाता: लोकसभा चुनाउपूर्व केन्द्रको नरेन्द्र मोदी सरकारविरूद्ध गठित विपक्षी दलहरूको इण्डी गठबन्धनबाट छुट्टिएपछि तृणमूल सुप्रीमो ममता ब्यनर्जीले आफ्ना सांसदहरूलाई कंग्रेसदेखि टाड़ै बस्ने निर्देश दिएकी छन्।

पार्टीका एकजना वरिष्ठ नेताले बुधवार बताए, मुख्यमन्त्रीले सबै सांसदहरूलाई निर्देश दिएकी छन्, दिल्लीमा हुने कंग्रेसको कुनै पनि बैठकमा पार्टीका नेताहरू उपस्थित हुने छैनन्। आजदेखि संसदको बजेट सत्र शुरू भइरहेको छ। यसलाई मध्यनजर गर्दै विपक्षी दलहरूमाझ समन्वय बनाउनको लागि कंग्रेसले बैठक डाकेको छ। उक्त बैठकमा तृणमूल कंग्रेसका कुनै पनि सांसद सामेल हुने छैनन्। यसपूर्व संसदको शीतकालीन सत्रमा तृणमूल कंग्रेस अन्य विपक्षी दलहरूसित मिलेर कंग्रेसको हरेक साझा विरोध प्रदर्शनमा सामेल भएको थियो, तर यसपालि यस्तो हुनेछैन।

राज्यमा एक्लै चुनाउ लड़्ने घोषणा गरेपछि पार्टीको यस फसेलालाई ममता ब्यनर्जीको ठूलो कदम मानिँदैछ। सूत्रले बताएको छ, राज्यमा सीट बाँड़फाँड़लाई लिएर कंग्रेसले ममता ब्यनर्जीलाई मनाउने प्रयास त गरि नै रहेको छ, तर उनले भने आफ्नो हठ छाड़ेकी छैनन्। तृणमूल कंग्रेस राज्यमा कंग्रेसले जितेका दुईवटा सीट मुर्शिदाबादको बहरमपुर र मालदा दक्षिण मात्र कंग्रेसलाई दिन तयार छ भने कंग्रेस भने न्यूनतम पनि छःवटा सीट लिनमा अडिग छ। यसै आधारमा ममतालाई मनाउने प्रयास पनि कंग्रेसले गरिरहेको छ। यसैले तृणमूलले सोझै रूपमा कंग्रेसमाथि दबाव बनाउने रणनीति अप्नाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *