विभिन्न रोगबाट पीडित रोगीहरुलाई विधायक जिम्बाको कोषबाट आर्थिक सहयोग प्रदान

97483226afc1dddbf114d3abb4bbe55e.jpg

दार्जिलिङ: दार्जीलिङ विधानसभा क्षेत्रका विभिन्न रोगबाट पीडित रोगीहरुलाई विधायक जिम्बाको कोषबाट आर्थिक सहयोग प्रदान गरिएको छ। दार्जीलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बामार्फत आफ्नो विधानसभा क्षेत्रमा बिरामीहरुलाई उपचारको निम्ति मुख्यमन्त्री राहत कोषबाट आर्थिक सहयोग प्रदान गरिरहेका छन्। विभिन्न अस्पताल अनि नर्सिङ होमहरुमा उपचार गराइरहेका पाँचजना बिरामीहरुलाई उपचारको निम्ति आर्थिक सहायता पाउनेहरु दार्जीलिङ टकभर चियाबारी निवासी प्रियंका तामाङले ₹.५२,०००/- राशि सहयोग प्राप्त गरेका छन्। दार्जीलिङ क्लब साइड निवासी अन्जाना थापाले उनको पति रबिन थापाको उपचारको निम्ति ₹.६१,०००/- आर्थिक सहयोग प्राप्त भएका छन्। यस सहयोगको निम्ति पीडित परिवारले विधायक निरज जिम्बाप्रति आभार व्यक्त गरेका छन्। पुलबजार, लोवर लिङटेन कोलबुङ निवासी बिबेक सुब्बाले उपचारको निम्ति ₹५२,०००/- आर्थिक सहयोग प्राप्त गरेका छन् पोख्रेबुङ, चामुङ चियाबारी निवासी अनिता राईले पनि आफ्नो उपचारको निम्ति ₹३५,०००/- सहयोग राशि प्राप्त गरेका छन् । यसै क्रमा सुके पोखरी निवासी दीप गिरीले आफ्नो उपचारको निम्ति ₹५२,०००/- आर्थिक सहयोग प्राप्त गरेका छन्। पुलबजार बिजनबारी, अप्पर नुर बस्ती निवासी काजल लिम्बुले ₹३५,०००/- आर्थिक सहयोग राशि प्राप्त गरेका छन्। विधायक निरज जिम्बाद्वारा बिरामीहरुको शीघ्र स्वस्थ्य लाभको पनि कामना गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *