गोरामुमो कालेबुङद्वारा समष्टि पसौं अभियान जारी

IMG-20240131-WA0161.jpg

कालेबुङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङद्वारा समष्टि पसौं अभियानको शुरूवात गरेका छन्। लोकसभा चुनावको निम्ति नभएर पार्टीको सांगठनिक विस्तारलाई अघि बढाउन साथै पार्टी अध्यक्ष मन घिसिङको हातलाई बलियो बनाउन हेतु समष्टि पसौं अभियानको शुरूवात गरेको गोरायुमो कालेबुङ ब्राञ्च कमिटी अध्यक्ष बुद्ध तामाङले जानकारी दिएका छन्।

अभियानको क्रममा केन्द्रीय समिति सदस्यगण, गोरामुमो कालेबुङ कार्यकारिणी सदस्यगण, गोरायुमो प्रतिनिधि टोलीद्वारा उक्त अभियानलाई सफल बनाउन लागि परेको बुद्ध तामाङले जानकारी दिएका छन्। समष्टि भ्रमणको क्रममा सताइस नम्बर समष्टि अन्तर्गत झण्डी डाँडा, अम्बेक कमान, गोरुबथान, अठाइस नम्बर समष्टि अन्तर्गत सामसिङ, कुमाई, सुन्दर बस्ती, झोलुङ जलढका, सिप्सु, चौबीस नम्बर समष्टि अन्तर्गत बाख्राकोट, निम्बोङ, कफेर अनि गितडाब्लिङसम्म भ्रमण गरी स्थानीय जनता, पार्टीका प्रतिनिधिवर्गसंग भेटघाट गरेको बुद्ध तामाङले जानकारी दिएका छन्। जाति र माटोले उन्मुक्ति पाउन हेतु संकल्प राखेर साथै अध्यक्ष मन घिसिङ अनि विधायक निरज जिम्बाले जाति र माटोको उन्मुक्तिको निम्ति जुन प्रकारले दिल्लीमा निरन्तर आफ्नो भुमिका निभाइरहेका छन् वहाँहरुको हात बलियो बनाउनको निम्ति साथै जनतालाई जागरुक बनाउनको निम्ति यो अभियान थालेको हो।

अब गोर्खा जातिलाई झट्ट केन्द्र सरकारले न्याय दिनुपर्छ भन्ने हाम्रो मांग रहेको छ साथै गोरामुमोले नालाझोडालाई पर सारेर भारतीय गोर्खाहरुको मुद्दामा केन्द्रित रहेका कार्य गरिरहेका छन्। यसमा सबै गोर्खा जातिले साथ दिनुपर्छ। बंगाललाई बन्दकी राखेको हाम्रो भुभागलाई मुक्ति दिलाउन गोरामुमो लागि परेका छन् यसको निम्ति सम्पुर्ण भारतीय गोर्खाहरुलाई एकसुत्रमा बाध्नको निम्ति गोरामुमो प्रयासरत रहेका छन्।

भारत सरकारले पनि पनि अब गोर्खाहरुलाई न्याय दिने शुभ संकेत हाम्रो शीर्ष नेतृत्वबर्ग द्वारा दिएका छन् भनी बुद्ध तामाङले थप जानकारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *