कोलकाता पुस्तक मेला अनुभव वृद्धि गर्न भारती एयरटेल नेटवर्कद्वारा उत्कृष्ट सेवा

Airtel_Logo.png

कोलकाता: भारती एयरटेल (एयरटेल)ले १८ जनवरीदेखि आज ३१ जनवरीसम्म सम्पन्न भएको ४७औँ अन्तर्राष्ट्रिय कोलकाता पुस्तक मेलाका आगन्तुकहरूका लागि निर्बाध वेब अनुभव शुरु गरेको घोषणा गरेको छ। जडान सुनिश्चित गर्न थप क्षमता सँग नेटवर्क आपूर्ति भइरहेको एक प्रेस विज्ञप्तिमा बताएको छ। यो पहल पश्चिम बंगल राज्यमा आफ्ना प्रयोगकर्ताहरूलाई राम्रो नेटवर्क सेवाहरू प्रदान गर्न र समग्र कनेक्टिविटी बढाउन एयरटेलको अटल प्रतिबद्धताको अर्को चरण रहेको बताएको छ।
एसियाको सबैभन्दा ठूलो पुस्तक मेला र विश्वको तेस्रो ठूलो पुस्तक मेलाको रूपमा कोलकाता पुस्तक मेलाले शहरको लागि ठूलो सांस्कृतिक महत्त्व राख्छ। यस मेगा इभेन्टमा भरपर्दो सञ्चारको महत्त्व बुझ्दै, एयरटेलले बुक फेयर ग्राउण्ड, सेन्ट्रल पार्क, साल्ट लेक, कोलकातामा सात युलएलएस साइटहरू र फाइभजीसहित अत्याधुनिक प्रविधिहरू प्रयोग गर्दैछ। यस रणनीतिक कदमले आफ्ना ग्राहकहरूका लागि विश्व-स्तरीय अनुभव सक्षम पार्ने एयरटेलको समर्पणलाई झल्काउँदै अझ राम्रो नेटवर्क अनुभव प्रदान गर्ने लक्ष्य राखेको विज्ञप्तिमा बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *