शिमला: नेपाली श्रमिकद्वारा आफ्नै सहकर्मीको हत्या

IMG-20240131-WA0146.jpg

शिमला: शिमला जिल्लोके ठियोग उपमण्डलमा एक सनसनीपूर्ण घटना अघि आएको छ। स्याउको बगैचामा काम गर्ने एकजना नेपाली मूलका श्रमिकको आफ्नै सहकर्मीले हत्या गरेर सुइँकुच्चा ठोकेको छ। हत्याराले युवकको शवलाई जलाउने प्रयास समेत गऱ्यो। यस किसिमको भयानक घटना ठियोगको कुन्ती नामक स्थानमा अघि आएको छ।

पुलिसबाट प्राप्त जानकारी अनुसार सिकायतकर्ता विकास शर्मा पेशाले ठेकादार हुन्। विकास शर्माले स्याउको बगैचामा काम गर्नको लागि तीनजना नेपाली श्रमिकहरूलाई राखेका थिए जसको नाम प्रेम, हेमराज र राजन रहेको छ। सिकायकर्ता मुताविक प्रेम र हेमराज कुन्तीको एउटा डेरा (अस्थायी आवास)- मा बस्दै आएका थिए। गए मङ्गलवार प्रेमलाई डेराभित्र मृत अवस्थामा भेटियो जसको सूचना उनले पुलिसलाई दिए। हेमराज भने डेरामा थिएन। घटनास्थलमा पुगेको पुलिसले प्रेमको आधा जलेको शव फेला पाऱ्यो। पछि जाँचमा थाहा लाग्यो, हत्याराले हत्या गरेपछि प्रमाण मेटाउने उद्देश्यले शवलाई जलाउन प्रयास गरेको थियो।

ठियोगका डीएसपी सिद्धार्थ शर्माले बुधवार बताए, यो हत्याको मामिला हो र यस सम्बन्धमा आईपीएसको धारा ३०२ र २०१ अन्तर्गत मुद्दा दर्ता गरेको छ। उनले यो पनि भने, नेपाली मूलका मृतक प्रेमसित काम गर्ने नेपाली श्रमिक हेमराज घटनापछि बेपत्ता भएको छ। यसैले यस हत्याकाण्डमा उ संलिप्त रहेको आशङ्का छ। उनले बताए, बेपत्ता हेमराजको खोजीमा छापामारीको कारबाही गरिँदैछ। डीएसपीले अझ बताए, कुनै हतियारले प्रहार गरी युवकको हत्या गरिएको छ र प्रमाण मेटाउनको लागि शवलाई जलाउने चेष्टा गरिएको छ। यस घटनालाई लिएर गहन जाँच गरिँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement