कोलकाता पुस्तक मेला: डा. सुनिल शर्माका दुई वटा पुस्तकहरू ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र ‘च्याटजीपीटी’ विमोचन

IMG-20240131-WA0144.jpg

कोलकाता: अन्तर्राष्ट्रिय कोलकाता पुस्तक मेलाको प्रेस कर्नरमा वाणी प्रकाशन र भारतीय भाषा परिषदद्वारा आयोजित एक कार्यक्रममा डा. सुनील कुमार शर्माका प्रविधिमा आधारित दुई वटा पुस्तक ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र ‘च्याटजीपीटी’ विमोचन गरियो। सो अवसरमा ‘कृत्रिम बौद्धिकता, समाज र साहित्य’ विषयमा छलफल सत्र पनि आयोजना गरियो। वरिष्ठ लेखक–समालोचक डा. शम्भुनाथको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार मृत्युञ्जय श्रीवास्तव, इतिहासकार हितेन्द्र पटेल, लेखक डा. सुनिलकुमार शर्मा र वाणी प्रकाशन समूहका कार्यकारी निर्देशक अदिती महेश्वरी गोयलले मन्तव्य राखे। सत्रको संचालन प्रा. सञ्जय जैसवालले गरेका थिए।
वरिष्ठ आलोचक डा. शम्भुनाथले आफ्नो अध्यक्षीय भाषणमा भने, ‘कृत्रिम बुद्धिमत्ताले सभ्यताको उपलब्धि कत्तिको साबित हुन्छ भन्ने कुरा अझै स्पष्ट हुन बाँकी छ। रोबोट मानिसको विकल्प हुन सक्दैन। यस्ता पुस्तक समाजमा आएर स्वागत गरिनुपर्छ, यसले समाजको ज्ञानलाई समृद्ध बनाउँछl’ लेखक तथा सांस्कृतिक कार्यकर्ता मृत्युञ्जय श्रीवास्तवले भने, ‘कृत्रिम बुद्धिमत्ता रचनात्मकताको विकल्प होइन, त्यसैले सिर्जनात्मकतामा संकट आउँदैन।’ इतिहासविद् प्रा. हितेन्द्र पटेलले भने, ‘कृत्रिम बुद्धिमत्ता श्रमको आनन्द र नियन्त्रणको इच्छाको परिणाम हो। आर्टिफिसियल इन्टेलिजेन्स र शारीरिक श्रमबीच के स्वीकार गर्ने भन्ने कुरा समाजले तय गर्नेछl’
कवि तथा प्राविधिक डा. सुनिलकुमार शर्माले आर्टिफिसियल इन्टेलिजेन्सलाई आवश्यकता अनुसार प्रयोग गरी औद्योगिक विकासमा ठूलो क्रान्ति ल्याउने बताए। उनले भने, ‘मानवीय क्षमताको विस्तार गरी मानव कल्याण र सभ्यताको विकासका लागि कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्नुपर्छ। तसर्थ एआईको विकास नैतिक प्रभावहरूसँग उत्तरदायी पंक्तिवद्ध हुन आवश्यक छ। सो अवसरमा कोलकाताका सयौं साहित्य प्रेमी र संस्कृति प्रेमीहरुको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *