साहित्य चौतारी विर्तामोडद्वारा दार्जीलिङका संगीत क्षेत्रका तीनजना श्रष्टाहरु सम्मानित

IMG-20240131-WA0143.jpg

विर्तामोड: गत २९ जनवरी दिन विर्तामोडमा रहेको पूर्वी नेपालकै एक अग्रणी संस्था साहित्य चौतारीले विर्तामोडको मूल चौक मुत्ति चौकको छेउमा रहेको होटल हिकोलाको चौथो तलामा अवस्थित संस्थाकै सभाहलमा सम्मान कार्यक्रम सम्पन्न भयोl संस्थाका संस्थापक संरक्षक एवं वर्तमान अध्यक्ष गायक तथा संगीतकार देवीभत्त श्रेष्ठको अध्यक्षता अनि संगीतकार शान्ति ठटालको प्रमुख अतिथ्यमा सम्पन्न भएको यस कार्यक्रममा नेपालका दुईजना श्रष्टा भद्रपुर निवासी साहित्य चौतारीका संस्थापक सल्लाहकार नवकुमारी खनाल र साहित्य चौतारीको स्थापनाकालदेखि कार्यक्रमहरुमा नियमित रुपमा जेष्ठ नागरिकको रुपमा उपस्थित भएर मौलिक सृजना प्रस्तुत गर्ने विर्तामोड निवासी साहित्य अनुरागी वयोवृद्व नागरिक पुन्यप्रसाद ओली लगायत दार्जीलिङका संगीतकार-गायकहरू अशोक राई, मणिकमल छेत्री दुर्गा खरेललाई सम्मान जनायो। साहित्य चौतारीले उत्त कार्यक्रम साहित्य चौतारीको प्रत्येक महिना आयोजन गर्ने मासिक कार्यक्रम अन्तर्गत गरेको थियो। कार्यक्रम आयोजन गरिने यो कार्यक्रम पूर्व दिवाङ्गत भएका श्रष्टाहरुको सम्मानमा गरिने यस कार्यक्रममा भर्खरै दिवाङ्गत भएका वरिष्ठ गायक योगेश वैध्य, संगीतकार नर्वु छिरिङ (आपा) लगायत, स्वर किन्नरी सुशील कण्ठकी धनी गायिका तारादेवी, वरिष्ठ गायक कुमार सुब्बा र हिन्दी सिनेजगतका विश्व प्रशित्द्व गायिका लता मङ्गेसकरको स्मृतिमा गरिएको थियो।
कार्यक्रममा आफ्नो प्रमूख अतिथिले आफ्नो सम्बोधनमा दार्जीलिङको नेपाली संगीतको इतिहास विषयमा गहकिलो र चाखलाग्दो कुराहरु राखेl यस कार्यक्रममा नेपालका सप्तक संगीतालयका ससाना विध्यार्थीहरु लगायत दार्जीलिङ र सिलगढीका अतिथि कलाकारहरु रमेश गुरुङ, स्नेहश्री थापा, र नवदित गायक अनमोलले गीतहरु प्रस्तुत गरेका थिए भने संगीतकार तथा गायक अशोक राई र दुर्गा खरेलले पनि आफ्नो पुराना गीतहरु प्रस्तुत गरेl कार्यक्रमका अध्यक्ष देवीभत्त श्रेष्ठको दुईटा भजन प्रस्तुति सँगै अध्यक्षीय सम्बोधन पश्चात् समाप्त गरियो। साहित्य चौतारीले संस्था स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा रजत जयन्ती अन्तर्गत आरम्भ गरेको यस भव्य अनि सभ्य सांगीतिक कार्यक्रममा अतिथिको रुपमा संगीतकार जीवन अधिकारी, साहित्य अनुरागी देवीलाल प्रधान, कवि तथा गीतकार ध्रुव चौहवान पनि उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *