तामुलपुर: सीमा शुल्क विभागले भारत-भुटान सीमामा १०३ वटा सुनको बिस्कुट र विदेशी मुद्रा सहित तीनजना तस्करहरूलाई पक्राउ गरेको छ।विभागद्वारा आज दिइएको औपचारीक सूचना अनुसार विभागका अधिकारीहरूले भारत-भुटान सीमाको दरङ्गा एलसीएस नजिक २.६० किलोग्राम भार भएको १०३ वटा बिस्कुट जफत गरे।
जफत गरिएको सुनको मूल्य १.३२ करोड़ रुपियाँ हुनसक्ने अनुमान लगाइएको छ। यस अवधि सुन बाहेक २.२७ लाख र १.१२ लाख रुपियाँ मूल्य बराबरको विदेशी मुद्रा पनि जफ्त गरियो। सीमा सुल्क विभाग मामिलाको जाँचमा जुटेको छ।