असम: मुख्यमन्त्री सरमाले गरे नितिन गडकरीसित विभिन्न परियोजनाहरूमाथि चर्चा

24_07_2023-sarma_and_gadkari_23480899.jpeg

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले नयाँ दिल्लीमा केन्द्रिय सड़क परिवहन एवं राजमार्गमन्त्री नितिन गडकरीसित भेट गरी गुवाहाटी रिङ्ग रोड सहित विभिन्न परियोजनाहरूमाथि चर्चा गरे। बैठकमा राज्यका बुनियादी ढाँचालाई विकसित गर्नका लागि यी परियोजनाहरूसित सम्बन्धित विभिन्न पाटा र पक्षहरूमाथि चर्चा गरे।

मुख्यमन्त्री डा. सरमाले भने, दक्षिण पूर्व एशियाको गेटवेको रूपमा गुवाहाटी शहरलाई विकिसत गर्ने उनको योजना अन्तर्गत गुवाहाटी रिङ्ग रोडको आफ्नो एक विशेष स्थान छ। उनले भने, यसै वर्षको अन्तसम्ममा यस परियोजनालाई मूर्त रूप दिने उनको इच्छा छ। यस भेटमा केन्द्रियमन्त्री गडकरीले मुख्यमन्त्रीलाई यी सबै परियोजनाहरूलाई यथाशीघ्र पूरा गर्नका लागि हरसम्भव प्रयास गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement