राहुल गान्धीको न्याय यात्रा आज पुनः बंगालमा प्रवेश गर्ने

IMG-20240129-WA0115.jpg

काेलकाता: पश्चिम बंगालदेखि बिहारमा प्रवेश गरेर दुई दिनको यात्रा पूरा गरेपछि राहुल गान्धीको अगुवाईमा कंग्रेसको ‘भारत जोड़ो यात्रा’ बुधवार पुनः बंगालमा प्रवेश गर्नेछ।

बुधवार राहुल गान्धीको यात्रा मालदाको बाटो भएर बिहारदेखि पश्चिम बंगालमा प्रवेश गर्नेछ। विशेष कुरा के हो भने आजकै दिन मुख्यमन्त्री ममता ब्यनर्जीले पनि मालदामा एक प्रशासनिक बैठकलाई सम्बोधन गर्नेछन्।

पश्चिम बंगालमा गत २५ जनवरीदेखि शुरू भएको कंग्रेसको भारत जोड़ो न्याय यात्रा गत सोमवार बिहारमा प्रवेश गरेको थियो। बुधवार किशनगञ्जको बाटो हुँदै पश्चिम बंगालको मालदामा प्रवेश गर्नेछ, त्यसपछि फेरि मुर्शिदाबाद भएर गुज्रिनेछ। गत २५ जनवरीमा बंगालमा एन्ट्री हुनसाथ राहुल गान्धीले न्याय यात्रालाई विश्राम दिएका थिए, किनभने २६ जनवरी, गणतन्त्र दिवस परेको थियो। त्यसपछि गत आइतवार उनी फेरि बंगालमा आएका थिए।

गत आइतवार कंग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको यात्रा बंगालका जलपाईगुड़ी, अलिपुरद्वार, उत्तर दिनाजपुर औ दार्जीलिङ जिल्ला भएर गुज्रिएको थियो। फेरि फर्किएपछि यो यात्रा उत्तर अनि दक्षिण मालदा सहित मुर्शिदाबादका दुईवटा संसदीय क्षेत्र भएर गुज्रिनेछ। मालदा अनि मुर्शिदाबादलाई कंग्रेसको गढ़ मानिन्छ। यसैले आगामी लोकसभा चुनाउलाई मध्यनजर गर्दै यस यात्रालाई महत्वपूर्ण मानिँदैछ।

गान्धीको भारत जोड़ो न्याय यात्रा यस्तो समयमा बंगालमा भइरहेको जतिबेला मुख्यमन्त्री ममता ब्यनर्जीले राज्यका सबै ४२ वटा लोकसभा सीटमा एक्लै चुनाउ लड़्ने घोषणा गरेकी छन्। कंग्रेसले ममतालाई मनाउनको लागि हरसम्भव प्रयास गऱ्यो। मुख्यमन्त्री ब्यनर्जीलाई राहुल गान्धीसित भेट गर्ने आग्रह पनि गरिएको थियो, तर उनले अस्वीकार गरेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *