सिक्किम: १ फरवरीदेखि सिक्किम सरकारद्वारा पञ्चायतहरूको अनरेरियम वृद्धि

IMG-20230410-WA0169-11-300x172-9

गान्तोक: सिक्किम सरकारले हालै घोषणा गरे अनुसार राज्यका जिल्ला तथा ग्राम पञ्चायतको अनरेरियम वृद्धि भएको छ। सिक्किम सरकारको ग्राम विकास विभागले आगामी १ फरवरी देखि लागू हुनेगरी पञ्चायत तथा जिल्ला पञ्चायतको अनरेरियममा वृद्धि गरेको हो।

अधिसूचना अनुसार, जिल्ला पञ्चायत सदस्य र ग्राम पञ्चायतका सभापतिले मासिक २०,००० रुपियाँ अनरेरियम पाउनेछन्। यसैगरी पञ्चायत उपसभापतिले मासिक १९,००० रुपियाँ र ग्राम पञ्चायत सदस्यले मासिक 1१८,००० रुपियाँ अनरेरियम पाउनेछन्, जो अहिलेसम्म पाउँदै गरेको रकम भन्दा डबल हो।

अर्कोतिर सरकारले जिल्ला पञ्चायत सदस्य, ग्राम पञ्चायतका सभापति, उपसभापति साथै ग्राम पञ्चायतका सदस्यहरूका लागि विवेकाधीन कोष छुट्याइ दिएको छ। सरकारको ग्राम विकास विभागले जारी गरेको अधिसूचना अनुसार सरकारले जिल्ला तथा ग्राम पञ्चायतका लागि वार्षिक रुपमा विवेकाधीन कोष प्रदान गर्नेछ। वित्त वर्ष २०२४-२५ को शुरुवात अथवा १ अप्रेल २०२४ देखि विवेकाधीन कोष प्राप्त गर्नेछन्।

अधिसूचना अनुसार जिल्ला पञ्चायत सदस्य र ग्राम पञ्चायतका सभापतिले वार्षिक २०-२० हजार रुपियाँ, ग्राम पञ्चायतका उपसभापतिले वार्षिक १४ हजार रुपियाँ र प्रत्येक ग्राम पञ्चायत सदस्यले वार्षिक १० हजार रुपियाँ विवेकाधीन कोष प्राप्त गर्नेछन्।

मुख्यमन्त्री पीएस गोलेले गत २३ देखि २८ जनवरीसम्म गान्तोकमा आयोजित राज्यस्तरीय पञ्चायत सम्मेलनमा पञ्चायतका लागि वार्षिक विवेकाधीन कोषको घोषणा गरेका थिए जसलाई पञ्चायतले आफ्नो विवेकले आवश्यक परेको स्थानमा खर्च गर्न सक्नेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *