मिरिक: मिरिकको सियाेक गाेपालधारा ओकाइटी समष्टि अन्तर्गत सियाेक भष्मे गुरूङ गाँउवासीले लामाे समयदेखि यातायातमा भाेग्दै गरेकाे समस्या समधान हुने भएकाे छ। सियाेक भष्मे गुरूङ गाउँसम्म पुग्ने सडक निर्माण कार्यकाे शिलान्यास बुधबार पण्डितकाे मन्त्राेच्चारणकाे साथमा क्षेत्रीय सभासद ध्रुब बम्जनले गरे। यस अवसरमा जीटीए मिरिकका जनसम्पर्क अधिकारी एंव युवा शक्ति समष्टि अध्यक्ष विवेक गाेले, समष्टि अध्यक्ष समीर राई, पञ्चायत सदस्य एंव भागाेप्रमाे समष्टि महासचिव कृष्ण प्रधान, पञ्चायत समिति सदस्य राेशनी सुब्बा, प्रशाखा अध्यक्ष किरण राई, सचिव सुरेश सुब्बा, शाखा अध्यक्ष हेमकुमार सुब्बा, समष्टि युवा शक्ति उपाध्यक्ष राजा प्रधान, सांगठनिक सचिव उपेन गुरूङ, पहिला गाउँ स्कूल डाँडा ग्राम पञ्चायत एकका प्रधान साेवेच्छा तामाङ, पञ्चायत सदस्यहरू सुरेस तामाङ, संगीत राई लगायत स्थानीय मानिसहरू उपस्थित थिए। यस अवसरमा बाेल्दै सभासद ध्रुर्ब बम्जनले सियाेक भष्मे गाउँसम्म सडक पुर्याँउने मेराे ठूलाे इच्छा थियाे।यहाँकाे मतदान केन्द्र ब्यावस्थित हुन अति जरूरी थियाे। जीटीए प्रमुख अनित थापाकाे पहलमा सडक निर्माण हुने भएकाे छ।यसकाे लागि गाउँवासीलाई बधाई अनि जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट गर्दछु भने। तिनले गाउँवासीलाई एकजुट भएर क्षेत्रलाई विकासकाे मार्गमा अग्रसर गराँउने आह्वान् पनि गरे। स्थानीय हेमकुमार सुब्बा अनि राजा प्रधानले गाउँमा हालसम्म धेरै नेता आए अनि गए। तर कसैले सडक निर्माण गरिदिएन। गाेजमुमाे अध्यक्ष विमल गुरूङले पनि सडक बनाई दिने वचन दिए तर बनाएन। तर हाल जीटीए चिफ् अनित थापाकाे पहलमा सडक निर्माण हुने भएकाे छ। याे हाम्राे लागि ठूलाे उपलब्धि र खुशीकाे कुराे हाे भने।दुवैले सडक निर्माणकाे लागि पहल गरिदिएकाेमा जीटीए प्रमुख अनित थापा, जनसम्पर्क अधिकारी विवेक गाेले, सभासद ध्रुर्ब बम्जन, भागाेप्रमाे समष्टि अध्यक्ष समीर राई अनि विभागीय अधिकारीहरूप्रति आभार प्रकट गरेका छन्।