अलिपुरद्वार। फालाकाटा ब्लकको दलगाउँ चियाकमानमा बुधबार वन विभागले थापेको खोरमा एउटा चितुवा फसेको घटना प्रकासमा आएको छ। चियाकमान संलग्न गाउँका बासिन्दाहरुले बुधबार बिहान चितुवाको डरलाग्दो आवाज सुनेर ब्युँझिएका थिए भने उक्त चितुवा हेर्न मानिसहरुको भीड लागेको थियो। यसबारे वन विभागलाई जानकारी गराएपछि घटनास्थलमा पुगेर वनकर्मीहरुले चितुवालाई उद्धार गरेर दक्षिण खैरबारी चितुवा पुनर्वास केन्द्रमा लगेका छन्। यता चियाबारीको सेक्सनहरुमा अझै धेरै चितुवा रहेको स्थानीय बासिन्दाहरुले बताएका छन्।