रोहितको सर्वश्रेष्ठ समय गयो, कोहली ल्याउः ज्योफ्री बयकट

IMG-20240131-WA0075.jpg

लण्डन, ३१ जनवरीः ईंग्ल्याण्डका महान क्रिकेटर ज्योफ्री बयकटको भनाइअनुसार, भारतीय कप्तान रोहित शर्माले आफ्नो सर्वश्रेष्ठ क्रिकेट खेलिसकेका छन् अनि हैदराबादमा खेलिएको पहिलो टेस्ट म्याचमा टीमलाई निश्चित रूपले विराट कोहलीको कमी अनुभव भयो। पाँचवटा टेस्ट म्याचको सीरीजअन्तर्गत पहिलो टेस्टमा भारत एक समय पहिल ईनिंग्सको आधारमा मजबूत स्थितिमा थियो तर पछिबाट ईंग्ल्याण्डले ब्याट र बल दुवैको साथ असाधारण प्रदर्शन गर्दै २८ रनले जीत हासिल गऱ्यो। कोहलीको अनुपस्थितिमा भारतीय ब्याटिंगलाई सम्हाल्ने जिम्मेवारी कप्तान रोहितको काँधमा थियो तर उनले दुईवटा ईनिंग्समा २४ र ३९ रन मात्र बनाउन सके। भारतीय टीम जीतको निम्ति २३१ रनको लक्ष्यलाई पछ्याउँदै चौथो दिन २०२ रन बनाएर अलआउट भएको थियो।
अहिले बयकटको विचारमा ईंग्ल्याण्डको टीमसँग भारतीय माटोमा १२ सालपछि सीरीज जित्ने असल मौका रहेको छ। उनले भने, भारतलाई कोहलीको कमी अनुभव भइरहेको छ जबकि ह्याम्स्ट्रिंगको चोटले गर्दा रविन्द्र जडेजा पनि दोस्रो टेस्टबाट बाहिर भएका छन्। उनीहरूका कप्तान रोहित शर्मा लगभग ३७ वर्षका भइसकेका छन् अनि उनले यस खेलमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गरिसकेका छन्। उनले केही ससाना तर प्रभावशाली ईनिंग्स त खेलेका छन् तर गत चार सालमा उनले घरेलु माटोमा केवल दुईवटा शतक बनाएको कुरालाई पनि हामीले भुल्नु हुँदैन। पहिलो टेस्टमा टीम इण्डियाको फील्डिंग पनि खराब रह्यो अनि उनीहरूले ओली पोपको क्याच फुत्काए। त्यस समय उनी केवल ११० रनमा रहेका थिए। त्यसपछि पोपले आफ्नो स्कोरमा ८६ रन थपे अनि भारतले म्याच गुमाउनु पऱ्यो।
पहिलो टेस्टमा भारतका स्पिनरहरू रविचन्द्रन अश्विन, जडेजा र अक्षर पटेलले केही खास गर्न सकेनन्। स्पिनरहरूका निम्ति अतिरिक्त सहायता रहेको पीचमा ईंग्ल्याण्डका ब्याटरहरूले स्वीप र रिभर्स स्वीप खेल्ने रणनीति अप्नाए। बयकटले भने, ईंग्ल्याण्डका ब्याटरहरूले स्वीप र रिभर्स स्वीप खेल्दै भारतीय स्पिनरहरूलाई सताए। पहिलो ईनिंग्सको आधारमा १९० रनको बढ़त हासिल गरेर पनि भारतीय टीम हार्नु साँच्चै उदेगलाग्दो कुरा हो। घरेलु पीचमा भारतलाई अजेय मानिन्छ अनि यस्तो घटना पहिला कहिले भएको थिएन। अब २ फरवरीदेखि विशाखापट्टनममा खेलिने दोस्रो टेस्टमा भारतीय टीमलाई निश्चित रूपले कोहली र जडेजाको कमी अनुभव हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *