२९ जुलाईः टिस्टा खेलकुद समिति (Teesta Khelkud Samiti)-को तत्त्वावधानमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे ओपन फूटबल टुर्नामेण्ट २०२२-मा बिहीवार खेलिएको म्याचमा गोल्डन बोइज, टिस्टा विजयी भयो। स्थानीय टिस्टा खेल मैदान (टिस्टा बजार, कालेबुङ)-मा खेलिएको म्याचमा गोल्डन बोइजले रम्बी हाई स्कूललाई ४-२-ले पराजित गऱ्यो। गत २५ जुलाईदेखि शुरु भएको यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजय कार्कीले जनाएका छन्।