कोलकाताः सुप्रसिद्ध गायक अनि सङ्गीतकार कबीर सुमनलाई श्वास-प्रश्वासमा समस्या भएको कारणले अस्पतालमा भर्ती गरिएको छ। उनलाई गए सोमवार अपरान्ह तीन बजेपछि कलकत्ता मेडिकल कलेजमा भर्ती गरिएको थियो।
सूत्र अनुसार उनलाई अक्सीजन सपोर्टमा राखिएको छ। कबीर सुमन अस्पतालमा भर्ती हुनसाथ उनका फ्यान्स चिन्तित भए। यसबीच गायकले फेसबुकमा आफ्नो शारीरिक स्थितिको बारेमा अपडेट पोस्ट गरे। फेसबुक पोस्टमा कबीर सुमनले लेखे, श्वास-प्रश्वासमा समस्या भएको कारणले कलकत्ता मेडिकल कलेजमा भर्ती गरायो। ‘म ठीक छु, चाँड़ै निको हुनेछु’।
सूत्र अनुसार कबीर सुमनलाई हृदय रोग थियो। हिजो सोमवार अपरान्ह उनलाई सास फेर्न समस्या भएको थियो जसले गर्दा उनलाई अस्पतालमा पुऱ्याइयो। अस्पताल सूत्र अनुसार कबीर सुमनको उपचार मेडिकल टीमले गरिरहेको छ। उनलाई निगरानीमा राखिएको छ। कबीर सुमन मेडिसिन औ कार्डियोलजी विभागका डाक्टरहरूको निगरानीमा छन्। मङ्गलवारको ताजा रिपोर्ट अनुसार उनको अवस्था स्थिर छ।
-हिस