कोलकाताः कोलकाताको एक विशेष पीएमएलए अदालतले मङ्गलवार तृणमूल नेता शेख शाहजहाँको जमानत याचिकालाई खारेज गरिदियो। पश्चिम बंगालको सन्देशखलीमा ईडी र सीएपीएफ कर्मीहरूमाथि गत ५ जनवरीको दिन भएको आक्रमणको षड़यन्त्र रचेको आरोपमा भागिहिँड़ेका तृणमूल कंग्रेस नेता शाहजहाँविरूद्ध कुनै कारबाही नगर्ने अपीललाई पनि खारेज गरिएको छ। विशेष अदालतका न्यायाधीशले भने, ईडीले पहिला नै यस मामिलामा पर्याप्त संयम अनि बलजफ्ती नगर्ने किसिमको दृष्टिकोण देखाएको छ।
भूमिगत शाहजहाँको अग्रिम जमानत उजुरी मङ्गलवार अपरान्ह विशेष अदालतमा सुनवाईको निम्ति आएको थियो। जजले ईडीका अधिवक्ताबाट शाहजहाँमाथि लागेका आरोपहरूको ब्यौरा मागे। अधिवक्ताले यस सम्बन्धमा विवरण प्रस्तुत गर्नको लागि केही समयको माग गरे, त्यसपछि न्यायाधीशले मामिलाको सुनवाई आगामी 3 फरवरीसम्मको लागि स्थगित गरिदिए। त्यसबेला शाहजहाँका अधिवक्ताले अन्तरिम अवधिभरि आफ्ना मुवक्किलविरूद्ध ईडीद्वारा कुनै बलजफ्ती कारबाही नगर्ने याचिका दर्ता गराए।
उक्त याचिकालाई खारेज गर्दै न्यायाधीशले टिप्पणी गरे, ईडीले यस मामिलामा पहिला नै पर्याप्त कुनै बलजफ्ती नगर्ने दृष्टिकोण देखाइसकेको छ। यसबीच एउटा ताजा भीडियो अघि आएको छ जसमा आरोपीले चेताउनी दिएका छन्, अबदेखि उसले प्रतिशोधको राजनीतिको सहारा लिनेछ। उसले जे पनि गऱ्यो त्यो आम मानिसहरूको लागि थियो, आरोपीलाई यो पनि दाबी गर्दै गरेको देखिएको छ, उ केन्द्रिय एजेन्सीसित डराउँदैन, किनभने उसलाई आम मानिसहरूको समर्थन प्राप्त छ।
-हिस